Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

सुरुङमार्ग डुब्ला है लगानी? : वाशुदेव वाग्ले

०५ सोमबार , माघ २०७११२ बर्ष अगाडि

यो त्रिभुवन राजमार्गको सातघुम्तीको तस्वीर हो। अत्यन्त जोखिमपूर्ण भएका कारण यो राजमार्गको विकल्पमा मुग्लिङ–नारायणघाट जोडेर हेटौंडा जाने गरिएको छ। साँढे २ सय किलोमिटरको दूरीलाई ५८ किलोमिटरमा झार्नका लागि थानकोट–हेटौडा सुरुङमार्गको योजना निजीक्षेत्रले अघि सारेको हो। साँढे दुईवर्षमा सुरुङमार्ग सम्पन्न गरेर देखाउन निजीक्षेत्र उत्साही बनेको छ र ८० प्रतिशत लगानी गरिदिन क्यानडाली लगानीकर्तासमेत खोजिसकेको छ। यो कम्पनीले विस्तृत अध्ययन गरेर केही दिनमै रिपोर्ट सार्वजनिक गर्ने र निर्माण सुरु हुने जानकारी दिइएको छ।
थानकोट–हेटौंडा सुरुङ मार्ग बनाउने महत्वाकांक्षी योजना माघ १५ बाटै सुरु हुने सम्भाबना देखिएको छ। नेपाल पूर्वाधार विकास कम्पनी लि. खडा गरेका निजी क्षेत्रका व्यापारीहरुले अहिलेसम्म क्यानडाली कम्पनी र निजीक्षेत्रको सहभागितामा यो सुरुङ मार्ग बनाउनका लागि कम्मर कसेको छ। यो कम्पनीका अध्यक्ष कुशकुमार जोशी भन्छन्: ७ सय ७२ जनाले शेयर लगानी गरिसकेका छन् र २ अर्व उठिसकेको छ। अन्दाजअनुसार ३५ अर्व लगानी हुनेछ जसमा क्यानडाली कम्पनीले २८ अर्व र नेपाली पक्षले ७ अर्व लगानी जुटाउनु पर्नेछ। यो लगानी यसै महिनाभित्र उठिसक्नेछ। माघ १५ भित्रै यथार्थ रिपोर्ट आएपछि सुरुङमार्ग निर्माण सुरु हुनेछ। करिव ३ अर्वको सेयर सर्वसाधारणका लागि जारी गरिने योजना छ। यो सुरुङमार्ग बनेपछि राष्ट्रिय अर्थतन्त्रमा ठूलै प्रभाव पार्ने र ढुवानी तथा यात्रुका लागि सहज हुने कुरा स्वभाविक हो। मुख्य कुरा भनेको यो आयोजना मेलम्ची खानेपानी आयोजनाजस्तो सुरुङ निर्माणमै नअल्भि्कयोस् भन्ने हो। सुरुङ निर्माणमा चाइनिज ठेकेदार भागेपछि इटालियन ठेकेदारले कछुवा गतिमा काम गरिरहेको छ र मेलम्ची अहिले पनि अन्योलग्रस्त अवस्थामै छ। त्यो त सरकारी योजना भयो, थानकोट सुरुङमार्ग चाहिं निजी क्षेत्रको भएकाले त्यसो नहोला। यसका लागि सुरुङ खन्न खप्पीस व्यक्ति र कम्पनीहरुलाई ल्याएर निजीक्षेत्रले आयोजना सम्पन्न गर्नु उचित हुनेछ। जनताको लगानी रहेको केही वैंकहरु डुब्दा बचतकर्ताको डेढ अर्वभन्दा बढी रकम डुबेको खबर सार्वजनिक भएको छ। यस्तो दुःखद खबर थानकोट–हेटौंडा सुरुङमार्गबाट नआओस्। शुभकामना छ।