Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै

२१ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै छ । शान्तिका अग्रदूतका रुपमा परिचित गौतम बुद्धको आज २५६७ जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको हो ।

विश्वभर शान्तिका अग्रदूतका रूपमा चिनिएका गौतम बुद्धलाई विष्णुको नवौं अवतारका रूपमा समेत लिने गरिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

विश्व शान्ति स्थापनाका लागि गौतम बुद्धले पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, मृत्यु आजकै दिन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु राखेर पूजा पाठ गर्ने गर्दछन् । नेपाल सरकारले समेत आजको दिनलाई सार्वजनिक विदा दिएर शान्तिको अग्रदूत भगवान गौतम बुद्धको सम्मान स्वरुप दिपावली गरेर बुद्ध जयन्ती मनाउन आव्हान गरेको छ ।

आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ । आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको मानिन्छ ।

उनको बाल्यकालको नाम सिद्धार्थ गौतम हो । उनै सिद्धार्थ गौतमको कठोर तपस्या पछि ज्ञान प्रप्त गरि भगवान गौतम बुद्ध बनेको र समाजलाई शान्तिको मार्ग देखाउन सफल भएकाले आज पनि विश्वले शान्तिको अग्रदूतका रुपमा उनलाई मान्ने गरेका हुन् ।