Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

विद्यालाई बरदान, मायालाई सराप

३० सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

वाशुदेव वाग्ले
२०५० (१९९३ मे १६) का दिन दासढुंगा दुर्घटना भयो र मदन भण्डारी र जीवराज आश्रितको जीवनलीला समाप्त भयो। दुर्घटना के कारणले भयो, आजसम्म यो रहस्य रहस्यकै गर्भमा छ। पटक पटक एमाले सरकारमा गयो, एमालेका महासचिव, अध्यक्ष समेत सरकार प्रमुख बने तर आफ्नै पार्टीका नेताको मृत्युको जाँच गराएनन्। यी दुवै नेताका श्रीमती हुन् विद्यादेवी भण्डारी र माया ज्ञवाली।
विद्यादेवी भण्डारीलाई तत्काल टिकट मिल्यो, निर्वाचित पनि भइन् र निरन्तर केपी ओलीजस्ता नेताको सामिप्यमा रहेर राजनीति गर्दा यतिखेल उनलाई राष्ट्रपति बन्ने शुभलाभ प्राप्त भएको छ। पहिलो महिला राष्ट्रपति बनिन्।
माया ज्ञवालाीलाई टिकट दिइएन, चुनावमा लडाइएन। उनलाई राष्ट्रिय सभामा मनोनित गर्ने लोभ देखाएर थुमथुम्याइयो। कहिल्यै राजनीतिमा प्रवेश गर्ने मौका नै दिइएन। यसकारण उनी पछि परिन्, उनको हैसियत आम नागरिककै छ। जीवराज आश्रित विर्सिएजस्तै माया ज्ञवालीलाई पनि एमालेले बिर्सियो। विद्यादेवी भण्डारी राज्य ढुकुटी खेलाउने पदमा पुगेकी छिन् भने माया ज्ञवाली दैनिक श्रम गरेर पेट पाल्न पनि धौधौ स्थितिमा रहेकी छिन्। एमालेले हेरेन उनलाई। विद्यालाई औलादौला, मायालाई रित्तै हात, यो एमालेको यथार्थ बनेको छ। माया ज्ञवालीले पद मागेकी छैनन्, उनको माग छ: दासढुंगा दुर्घटनाको उच्चस्तरीय छानबिन होस्। दुर्घटनाको यथार्थ सार्वजनिक होस्। एमालेले कुरा सुनेन।
यो सरकार हो कि सन्यासो?