Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

२२ हजार कर्मचारी भारतबाट पैसा खान्छन्

३० सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

नेपाल सरकारका अधिकृतदेखि विशिष्ट श्रेणीका २२ हजार कर्मचारीहरुले नेपाल सरकारबाट तलवमात्र खाँदैनन्, भारतबाट पैसासमेत खाइरहेका छन्। त्यही पैसाका कारण कर्मचारीहरु भारतप्रति भक्तिभाव दर्शाउने काम गरिरहेका छन्। जसका कारणले नेपाली जनताले दुःख भोग्नुपरिरहेको छ। यिनै भारु खाने कर्मचारीका कारण नेपाल सरकारले भारतको नाकावन्दीको प्रतिवाद गर्न नसकिरहेको हो। तिनै कर्मचारीले असहयोग गर्दा चीनलगायतका विभिन्न मुलुकहरुबाट इन्धन लगायतका वस्तु सरकारले ल्याउन नसकेको हो।  यति डरलाग्दो खुलासा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले गरेका हुन्। यस्तो कर्मचारीतन्त्र बोकेर संघीयता र सुशासन सम्भव छैन। कर्मचारीतन्त्रमा व्यापक रुपान्तरण गरिहाल्नुपर्छ, विदेशीको पैसा खाने कर्मचारीतन्त्रबाट देश आत्मनिर्भरताको बाटोमा जान सक्दैन, उनको माग छ।
२०६५ सालमा बिनासुझबुझ मधेशमा नागरिकता बाँडियो, त्यसको परिणाम आज भोग्नुपरेको छ। तिनै नयाँ नागरिकलाई भारतले रक्सौल नाकामा धर्नामा बस्न सघाएर ठूलो गल्ती गरिरहेको छ। नाकावन्दीमा नेपाली मधेशे होइन, भारतीय र भुँडिवाल जमिन्दार रहेका छन्।