Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

स्वास्थ्य संस्था संचालनको मापदण्ड पालन गर्न निर्देशन, नगरे ताला लगाउने चेतावनी

१७ बुधबार , जेठ २०८०२ बर्ष अगाडि

सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई सरकारले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गर्न परिपत्र सहित निर्देशन दिएको छ ।

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको हो ।

गत वैशाख १३ गते पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई यस सम्बन्धमा परिपत्र गरिएको तर यसको पालना नभएको गुनासो आएकाले मापदण्ड पालना गर्न पुन अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले  बुधबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड पुर्णरुपमा कार्यन्वयन गराउन  ध्यानकर्षण गराएपछि  मन्त्रालयले महानगरका ६८ वटा स्वास्थ्य संस्थाका प्रशासनलाई परिपत्र गर्दै मापदण्ड पालन गर्न गराउन निर्देशन दिएको छ । 

मन्त्रालयको परिपत्रको पुर्णरुपमा पालना नगरेमा महानगर भित्रका ६८ वटा स्वास्थ्य संस्थाहरुमा ताला लगाउने चेतावनी समेत दिएको  छ ।