Advertisement Banner
Advertisement Banner

२९ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

दरबार हत्याकाण्ड २२ बर्षसम्म गुमनाम

१८ बिहिबार , जेठ २०८०३ बर्ष अगाडि

दरबार हत्याकाण्ड भएको २२ बर्षसम्म रहस्य गुमनाम रहेको छ । २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन ।

२२ बर्ष पहिले आजकै दिन पारिवारिक जमघट भएको बेलामा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

उक्त हत्याकाण्डको उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको भएपनि उक्त प्रतिवेदन माथि नेपाली जनताले भने अहिलेसम्म विश्वास गरेका छैनन् । 

जनताले उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने गर्दै आएका छन् । गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्य बाहिर ल्याउने बताए पनि अहिलेसम्म यथार्त के हो बाहिर आएको छैन । 

हत्याकाण्डमा मारिएकाहरूमा राजा वीरेन्द्र,रानी ऐश्वर्य,युवराजधिराज दीपेन्द्र,अधिराजकुमार निराजन,अधिराजकुमारी श्रुति,अधिराजकुमार धीरेन्द्र (तत्कालीन अवस्थामा अधिराजकुमारको पद खोसिएका),अधिराजकुमारी शान्ति राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी),अधिराजकुमारी शारदा राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी),कुमार खड्गविक्रम शाह (राजा वीरेन्द्रका ज्वाइँ, शारदाका पति),अधिराजकुमारी जयन्ती (राजा वीरेन्द्रकी बहिनी, काकाकी छोरी) लगायतका थिए । 

त्यसैगरी घाइते भएकाहरूमा अधिराजकुमारी शोभा  (राजा वीरेन्द्रकी बहिनी),कुमार गोरख शमशेर (अधिराजकुमारी श्रुतिका पति),अधिराजकुमारी कोमल (पछि बडामहारानी),श्रीमती केतकी चेस्टर (राजा वीरेन्द्रकी बहिनी तथा काकाकी छोरी, राजपद छोडेकी) लगायतका थिए ।

अझै पनि उक्त  हत्याकाण्ड कसले र किन मच्चाएको हो खुल्न सकेको छैन भने वीरेन्द्रको वंशनाशपछि राजा बनेका पूर्वराजा ज्ञानेन्द्र शाह साधारण नागरिक सरह जीवन बिताईरहेका छन् । हाल नारायाणहिटी राजदरबार संग्रहालयमा परिणत भएको छ ।