Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विमानस्थलमा यात्रुलाई रोक्ने कर्मचारीलाई कारवाही

१८ बिहिबार , जेठ २०८०३ बर्ष अगाडि

नेपाल एयरलाइन्सको टिकट काटेर जहाज चढ्न गएका यात्रुलाई विमानस्थलमै रोक्ने एक कर्मचारीलाई पर्यटन मन्त्रालयले कारबाही गरेको छ । बुधबार काठमाडौं–ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससहित जहाजको ढोकामा पुगेका यात्रुलाई रोकेको भन्दै नेपाल एयरलाइन्सको एक कर्मचारीलाई कारबाही गरेको हो ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार बुधबार काठमाडौं–ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससहित जहाजको ढोकामा पुगेका ठाकुर सिंह भण्डारीलाई एयरलाइन्सका कर्मचारीले फर्काएका थिए । 

सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काठमाडौंका इन्चार्ज गगनबहादुर चन्दले यात्रु रोकेको भन्दै कारबाही गरेर ताप्लेजुङ सरूवा गरेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत कारबाही गरेको जानकारी दिएका छन् ।

मन्त्री किरातीले 'बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनेर घर फर्काइएको घटनाको गुनासो आएको थियो। हामीले इन्चार्ज चन्दलाई सोधपुछ गर्दा चित्त बुझ्दो जवाफ नआएपछि काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरूवा गरेका छौं । थप अनुसन्धान जारी छ।' सामाजिक संजाल फेसबुकमार्फत् लेखेका छन् ।