Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काठमाडौँमा खेलकुद सचिवालय स्थापना

२० शनिबार , जेठ २०८०३ बर्ष अगाडि

१९ औं एशियाली खेलकुदका लागि काठमाडौँमा खेलकुद सचिवालय स्थापना गरिएको छ । चीनमा हुने १९ औं एशियाली खेलकुदमा सहभागी हुनको लागि सचिवालय स्थापना गरिएको हो ।

चीनको होङझावमा आयोजना हुने खेलकुदमा सहभागी हुनको लागि तयारी गर्ने र त्यसको व्यवस्थापन मिलाउनका लागि राष्ट्रिय खेलकुद परिषद्माले शुक्रवार सचिवालय स्थापना गरेको बताइएको छ  ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदको लागि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सचिवालयको स्थापना गरेका हुन् । 

१९ औं एशियाली खेलकुदको सचिवालय उद्घाटन कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईलगायतको सहभागिता रहेको थियो ।