Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस आज हुने

२० शनिबार , जेठ २०८०३ बर्ष अगाडि

आज नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस सुरु हुने भएको छ । उक्त प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।

अबहुने थुनछेक बहस सकिएपछि आरोपीहरूलाई पुर्पक्षका लागि पठाउने वा नपठाउने भन्ने बारेमा निर्णय हुनेछ । उक्त नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृह मन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसंग  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए ।

त्यसैगरी भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत पक्राउ परेका १८ जना सबैसँग पनि न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका हुन् । शुक्रबारसम्म   सबैसंग बयान लिईसकिएकाले अब थुनछेक बहस सुरु हुन लागेको बताईएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उक्त नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख बिगो माग दाबीसहित पक्राउ परेका १८ जना र फरार १२ जना सहित ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा दायर गरेको थियो ।