Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विश्व वातारण दिवसमा मनाईदै

२१ आइतबार , जेठ २०८०३ बर्ष अगाडि

आज नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरि विश्व वातारण दिवस मनाईदै छ । 'प्लास्टिकजन्य प्रदूषणको निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौं' भन्ने मूल नारासहित विश्व वातावरण दिवस मनाउना लागिएको हो ।

सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । हरेक वर्ष जुन ५ तारिखमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा यो दिवस विश्वभर मनाउने गरिएको छ । 

नेपालमा यस दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिएक छन् । उनले शुभकामना सन्देश मार्फत आम जनताले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताउदै त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वनजंगल,वनस्पति,जल, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रासलगायत बढ्दो प्रदूषण विश्वको चुनौती बनेकोले अब विकासलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको बताए ।