Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कक्ष ११ को भर्ना प्रक्रिया अगाडी नबढाउन महानगरको परिपत्र

२४ बुधबार , जेठ २०८०३ बर्ष अगाडि

एसइई परिक्षाको नतिजा प्रकाशन नभएसम्म कक्ष ११ को भर्ना प्रक्रिया अगाडी नबढाउन काठमाडौँ महानगरपालिकाले परिपत्र जारी गरेको  छ ।  महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएको अवस्थामा पनि केहि विद्यालयले भर्नाको सूचना प्रकाशन गरेको उजुरी प्राप्त भएको भन्दै उक्त परिपत्र जारी गरेको हो ।

महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गर्दै  केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि महानगरमा उजुरी परेका बताएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै  महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले  २०८०को  शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण भएको बताएक छन्  ।

महानगरको  शिक्षा विभागले महानगरपालिका अन्तर्गतका सबै विद्यालयमा भर्नासम्बन्धी परिपत्र जारी गर्दै एसइई परीक्षाको नतिजा प्रकाशन नभएसम्म भर्ना सम्बन्धि कुनैपनि प्रक्रिया अगाडी नबढाउन सुचित गरेको छ ।