Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चिनियाँ भाषाको दुई महिने प्रशिक्षण कार्यक्रम सम्पन्न

३२ बिहिबार , जेठ २०८०३ बर्ष अगाडि

इमर्जन म्यान्डरिन एकेडेमी (आइ एम ए), इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र नेपाल पर्यटक प्रहरी बीचको सहकार्यमा दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई महिनासम्म संचालन भएको उक्त चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।

उक्त प्रशिक्षणपछि संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले भाषा प्रशिक्षणमा सहभागि पर्यटक प्रहरीहरु लक्ष्मण राउत, कुमार बहादुर खड्का, सुनिता नेपाल, शुभराज महतारा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, चिनियाँ राजदूतवासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन  बोर्डका महानिर्देशक होम प्रसाद लुइँटेल, पर्यटक प्रहरीका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ र इमर्जन म्याडरिनका सञ्चालिका प्रमिला तामाङ लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा इष्ट चाईन युनिभर्सिीटी अफ टेक्नोलोजीका सह उपकुलपतिले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

कर्यक्रलाई सम्बोधन गर्दै सुरेश अधिकारीले भाषा प्रशिक्षण कार्यक्रमको प्रशंसा गर्दै, यसले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटक सँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

झन्डै दुई महिनासम्म संचालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षले चिनियाँ पर्यटकहरुलाई पर्ने समस्यालाई समाधान गर्न सहज हुने बताउदै इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमीका सञ्चालिका प्रमिला तामाङले जानकारी गराएकि थिइन् ।