Advertisement Banner
Advertisement Banner

२७ सोमबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाउन सुरू

०१ शुक्रबार , असार २०८०२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिरका टिकट काउन्टरहरु हटाउन सुरू गरेको छ । महानगरपालिकाले केहि समयअघि गरेको निर्णयअनुसार बसपार्कभन्दा बाहिरका टिकट काउन्टरहरु हटाउन सुरू गरेको हो ।

केहि समयअघि काठमाडौँ महानगरपालिकाले काठमाडौंबाट बाहिर जाने र भित्रने सवारीहरू नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोहि बमोजिम शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हो ।

बसपार्क बाहिरका टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र नेपाल प्रहरी पनि उल्लेख्य मात्रामा परिचालन गरिएको छ भने नगर प्रहरीले बसपार्क बाहिर राखिएका टिकट काउन्टरका बोर्डहरू हटाउन शुरु गरेको छ ।