Advertisement Banner
Advertisement Banner

२७ सोमबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

सुन तोलाको १ लाख १२ हजार

०३ आइतबार , असार २०८०२ बर्ष अगाडि

आज सुनको मूल्य तोलमा २ सय रुपैया बढेर १ लाख १२ हजार पुगेको छ । चालु साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेको छ । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको बतएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।