Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संखुवासभाको बाढी पहिरोबाट २२ जना बेपत्ता

०३ आइतबार , असार २०८०३ बर्ष अगाडि

केहिदिन देखिको अविरल वर्षा पछीको बढी पहिरोमा परि संखुवासभामा २२ जना बेपत्ता भएका छन् । लगातारको वर्षा पछी स्थानीय हेवा खोलामा आएको बाढी र पहिरोमा परि उनीहरु बेपत्ता भएका हुन् ।

बाढीका कारण निर्माणाधीन सुपर हेवाखोला जलविद्युत परियोजनामा काम गर्दै आएका १७ जना मजदुर बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ता हुनेहरुमा परियोजनाका सुपरभाइजर सन्तोष ढकाल,त्यहाँ कार्यरत मजदूर र कर्मचारीहरु रहेका छन् । 

११ वटा घर र ३ वटा पुल बगाउने गरि आएको बाढीमा परि भुवनसिंह तामाङ, सुवास राई, फैजबहादुर कार्की, गणेश गिरी, राजकुमार मगर, मीना श्रेष्ठ, रामजतन थारु, राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु, सुगत थारु, अमर थारु, सीता थारु र दीपक मगर बेपत्ता भएका छन् । 

त्यसैगरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गणेश राई र सञ्चमाया राई पनि बेपत्ता भएका छन् भने भीम चौधरी, ज्ञानबहादुर लिम्बूलाई बाढीले बगाएको बताईएको छ ।