Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

०३ आइतबार , असार २०८०३ बर्ष अगाडि

कोशी प्रदेशमा हालै आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएकाको परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतकका परिवारलाइ राहतस्वरुप एक लाख रुपैया प्रदान गर्ने निर्णय गरेको उनको सचिवालले जानकारी दिएको छ ।

बढी पहिरोमा परि घाइते भएकाको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बढीले बगाएका र भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको बताईएको छ । बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।