Advertisement Banner
Advertisement Banner

२७ सोमबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

भारत जाँदै गरेको बस धादिङ्गमा दुर्घटना

०७ बिहिबार , असार २०८०२ बर्ष अगाडि

काठमाडौंबाट भारतको राजस्थानको लागि छुटेको यात्रु बस धादिङ जिल्लाको गल्छीमा दुर्घटना भएको छ । बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा केही यात्रुहरु घाइते भएका छन्  । घाईते भएकामध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ ।

काठमाडौँबाट भारतको राजस्थान जान लागेको एआर ०६ ई ७०३१ नम्बरको बस दुर्घटना भएको बताईएको छ । बस दुर्घटना भएपछी सडक अवरुद्ध भएको थियो । हाल बसलाई उठाइसकेकाले बाटो खुलिसकेको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।