Advertisement Banner
Advertisement Banner

२७ सोमबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

भरि वर्षाको सम्भावना, सतर्क रहन आग्रह

०७ बिहिबार , असार २०८०२ बर्ष अगाडि

आज मुलुकभर बदली हुने र केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारि वर्षा हुने बताएको हो । 

आज बिहानैदेखि रौतहट, नवलपरासी, दाङ, बर्दिया, सर्लाही, चितवन, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा ठूलो वर्षा भएको महाशाखाले जनाइएको छ । महाशाखाका अनुसार बर्षाको कारण सडक तथा हवाई यातायात,कृषि,पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने बताईएको छ ।

बाढी,पहिरो,डुबान,भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।