Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

कमल अर्थात कमालका शक्तिशाली

०७ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

वाशु वाग्ले
यिनको नाम हो कमल ज्ञवाली। बैंकिङ कसुर गरे यिनले प्रचण्ड मेरा मान्छे हुन् भनेर। जब यिनको हातमा हथकडी पर्ने भयो, प्रचण्डले वास्ता गरेनन्, यिनी फरार भए। नेपाल प्रहरीले सबै बैंक अपराधीलाई पक्राउ गर्‍यो तर कमललाई गर्न सकेन अथवा गर्न चाहेन। कुरो के रहेछ भन्दा त यी कमालका शक्तिशाली रहेछन्। अहिले शक्ति बस्नेत नै गृहमन्त्री भएका बेलामा त यिनको भुइँमा खुट्टा छैन। कमल ज्ञवालीलाई बैंकरहरु हाइप्रोफाइल व्यक्ति भनेर जान्दछन्। अपराधी हाइप्रोफाइल हुने देश नेपालमात्र हो। जहाँ राजनीतिज्ञ ज्यानमारा भए पनि छुट पाउँछन्, मन्त्री हुन्छन् र अदालतको आदेश भए पनि प्रहरीले पक्राउ नै गर्दैनन्। तिनै राजनीतिज्ञहरको संरक्षणमा यस्ता हाई प्रोफाइल बैंक ठगहरुले पनि छुट पाइरहेका छन्।
किष्ट बेंक यतिबेला प्रभू बैंक बनिसकेको छ। तत्कालीन किष्ट बैंकका सिइओ थिए यिनै कमल ज्ञवाली। यिनले सिद्धार्थलगायतका अनेक वैंकमा कमशल धितो राखेर अथवा व्यक्ति जमानीमा जनताको बचतको गर्नुसम्मको दुरुपयोग गरेका हुन्। यिनलाई जेल हालियो र राजनीतिक प्रभावमा छुटे पनि। यिनी आफैले घुमाउरो तरिकाले कर्जा लिएर तिरेनन्, दुरुपयोग गरे। श्रीमती पनि जेल परिन र छुटिन्। अहिले यिनी दिल्लीतिर बस्छन्, लुकेर आउँछन् र जान्छन्। यिनी सेटिङ मिलाएर अदालतबाट सफाई लिने गोरख धन्दामा लागेका छन्।