Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गणतन्त्र आएपछि नेपालमा राजकीय सम्मानको चरम दुरुपयोग

०६ शनिबार , श्रावण २०८०३ बर्ष अगाडि

गणतन्त्र आएपछि नेपालमा राजकीय सम्मानको चरम दुरुपयोग

यो त राज्यले राजकीय जिम्मेवारीमा बसेका विशिष्ट उच्च संबैधानिक व्यक्तिहरुलाई दिइने सम्मान हो। कहिलेकाही अपवाद वा विशेष सम्मानको रुपमा देशको गरिमा बढाउन उल्लेखनीय र गरिमामय काम गरेका सर्वसाधारण व्यक्तिलाई पनि यो सम्मान दिइन्छ।

नेपालमा त आफ्नो पार्टीको घेरो नाँघेर फराकिलो पनि हुन नसकेका जो पायो त्यही व्यक्तिलाई दिएर राजकीय सम्मानकै अपमान गर्न थालिएको छ।

हिजो प्रधानमन्त्रीको दिवंगत पत्नीलाई राजकीय सम्मान दिइनु कुनै पनि कोणबाट उपयुक्त देखिदैन। कोही मर्नु दु:खको कुरा हो। तर कोही मर्‍यो भन्दैमा भावनामा बगेर राजकीय सम्मान नै दिइनु उपयुक्त होइन।

देशको निम्ति महान कार्य गर्ने जिउँदा शहिद टंकप्रसाद आचार्यकी पत्नी र आफ्नो पार्टी एवम् पतिको लागि ठूलो परिश्रम गर्ने वीपी, सुवर्ण शमशेर र गणेशमानका पत्नीहरु मर्दा पनि यिनै पार्टीहरुले राजकीय सम्मान दिएका थिएनन्। प्रचण्डको पत्नीलाई त्यो दिइनु भनेको सत्ताको स्वार्थ मात्रै हो। पूर्णबहादुर खड्काजस्तो बुझक्कड रक्षामन्त्रीले त यो कुरा बुझ्नु पर्ने हो।

नेपालबाट जातीय प्रथा उन्मुलन गर्ने एवम् जमिन्दारी प्रथा हटाई भुमिसुधार लागु गर्ने प्रधानमन्त्री डा. तुल्सि गिरिको निधन हुँदा र भारतको १३ महिने नाकाबन्दी झेलेर देशको अर्थतन्त्र जोगाउने प्रधानमन्त्री श्री मरिचमान सिंहको देहावसान हुँदा यिनै पूर्वाग्रही पार्टीहरुले सामान्य शिष्टाचारको सम्मान पनि दिन सकेका थिएनन् । बरु २०४२ सालमा बम पड्काउने आतंककारी रामराजाप्रसाद सिंहलाई भने गणतन्त्र आएपछि मर्दा राजकीय सम्मान दिएका थिए।

कसैको व्यक्तिगत, पारिवारिक र पार्टीगत दु:खलाई देशकै दु:ख बनाएर राजकीय सम्मानको यसरी दुरुपयोग गर्नु अशोभनीय कुरा हो। @ Danfe TV