Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दोस्रो विश्व मिडिया सिर्जनशील मञ्च शाङहाईमा आयोजना

०६ शनिबार , श्रावण २०८०३ बर्ष अगाडि

दोस्रो विश्व मिडिया सिर्जनशील मञ्च शाङहाईमा आयोजना

चाइना मिडिया ग्रुप र शाङहाई जन सरकारको संयुक्त संयोजकत्वमा दोस्रो विश्व मिडिया सिर्जनशील मञ्च जुलाई २० तारिख शाङहाईमा आयोजना गरिएको छ। “खुलापन, समष्टिगत हितकल्याण र साझा जीत—हातमा हात मिलाउँदै आधुनिकीकरण बाटोमा हिँडौँला” भन्ने यस मञ्चको मुख्य नारा रहेको छ। अन्तर्राष्ट्रिय संगठन, चिनियाँ र विदेशी मुख्य मिडिया संस्था, देशी र विदेशी थिङकट्याङक, सीमापार व्यवसाय लगायत विभिन्न क्षेत्रका २३० भन्दा बढी प्रतिनिधिहरूले अनलाईन र अफलाईन तरिकामार्फत उक्त मञ्चमा भाग लिएका छन्।

शाङहाई शहरको पार्टी परिषद्का सचिव छ्न ची निङले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनले चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चीन राष्ट्रको महान पुनरूत्थानलाई सम्पूर्ण रूपमा अघि बढाउने महा गुरूयोजनाको तर्जुमा गरेको औँल्याउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्यौँले हातमा हात मिलाउँदै आधुनिकीकरण विकासलाई अघि बढाउनु र मानव जाति सभ्यताको प्रगतिलाई प्रबर्द्धन गर्नु नै मिडियाले बहन गर्नुपर्ने कार्यभार भएको कुरामा जोड दिनुभएको छ।

@(CRI)