Advertisement Banner
Advertisement Banner

३० शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

Image

देशलाई जानाजान सातघुम्तीबाट खसालिंदै

राजन कार्की

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

देशलाई जानाजान सातघुम्तीबाट खसालिंदै

लोकतन्त्रमा खुला समाजलाई खुला पुस्तक मानिन्छ । खुला समाजको जीवन पद्धति भनिन्छ । जनताको सर्वाधिकार लोकतन्त्र अर्थात जनादेशमा चल्ने व्यवस्था, यो व्यवस्थाभन्दा उत्तम अरु व्यवस्था हुनै सक्दैन ।
‘लोकतन्त्र’को मुखुृण्डो लगाएर ‘मंगलसेनतन्त्र’ आयो भने त्यसलाई के भन्ने ? ‘मंगलसेनतन्त्र’ भनेको ‘मनलागीतन्त्र’ । ‘मंगलसेनतन्त्र अर्थात् ‘डाँकातन्त्र’ । गणतन्त्रका नाममा जबरजस्तीतन्त्र आयो भने लोक भयभित हुनु स्वभाविक हो । अहिले जनतामा नयाँ निरंकूशता र अराजकताको भय व्याप्त छ । जनयुद्धपछिको यो अर्को त्रासदी हो ।
धोए, निर्वाचनको धोवीघाटमार्फत जनताले देउवा, प्रचण्ड, ओलीलगायतका नेतामाथिको कलङ्क धोइदिए । अव तिनले जनअपेक्षाअनुसारको काम गरेर पवित्रता प्राप्त गर्न बाँकी छ । चोख्खिन बाँकी छ । चुनाव जित्नु प्राविधिक पक्ष हो, काम गरेर विश्वास जित्नु असली जीत हुनेछ । कलंकित, बदनाम भएर मर्ने कि मरेर पनि जनताको सम्झनामा बाँचिरहने, यी नेताहरुले निर्णय गर्लान् । यी भाग्यमानी देखिनेहरुको अभागी कर्म जारी छ । भारतले आतंकवाद र प्रजातन्त्रवादको मित लाइदिएपछि यो मितेरी साइनो फलिभूत भएको हो । यद्यपि यतिबेला प्रजातन्त्रवाद छायाँमा परेको छ । कम्युनिष्टमा रुपान्तरण भएको आतंकवाद र प्रजातन्त्रवाद भने आमनेसामनेका प्रतिद्वन्द्वी बनेका छन् । तर मंगलसेनतन्त्र प्रजातन्त्र र कम्युनिष्ट दुबै खेमातिर उत्तिकै बलशाली देखिन्छ ।
इतिहास साक्षी छ, हिटलरभन्दा समाजवादी र राष्ट्रवादी कोही थिएनन् । तर शक्तिको अहंकारका अन्धपाइन चढेपछि हिटलर मरेको आधा शताव्दि नाघे पनि उनी निरंकूश, मानवताविरोधी, अत्याचारी हुन् भनेर कलंकित छन् । यस्तै कलंकको जगमा उभिएको छ वर्तमान नेपालको सत्ताधारी । कुन कुन नेता कति कलंकित छन्, इतिहासमा किटान होलान् ।
कुनै बेला अराजकतापूर्ण सिंगापुर आज सम्पन्न सिंगापुर बन्यो, इमान्दार नेताले सिंगापुरलाई एसियाको युरोप बनाएर खडा गराइदिए । कुनै दिन आतंकपूर्ण सिंगापुर आज कुनै पनि राष्ट्रको पर्यटन र व्यापारको तीर्थस्थल बनेको छ । यहाँसम्म कि युद्धमा जान तैयार भएको अमेरिका–दक्षिण कोरिया र उत्तर कोरियावीचको शान्तिवार्ता स्थल त्यही सिंगापुर बन्यो । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शीर्ष नेतालाई जुटाउने मुलुक बन्यो । सिंगापुरले यसरी ख्याती कमायो । लडेको राष्ट्रलाई उठाएका र उठाएर सम्पन्न गराउने लीक्वान युको नाम राष्ट्रवादीहरुले सम्मानले लिन्छन् । कमाउनु त यसरी, यस्तो पो नेताको कमाइ ।
छैनन् कोही लीक्वान यु नेपाली राजनीतिमा । जो छन्, नैतिकहीन ।
असफलताको तारेभीरबाट खस्न लागेको राष्ट्रलाई बचाउन प्रचूर राष्ट्रवादिता भएको सवल नेता चाहिन्छ । आज प्रश्न उठेको छ, सडक र सत्ता दुवै कव्जा गर्न महारथ हासिल गरेको कम्युनिष्ट समुदायमा किन देखिदैनन् कुनै लीक्वान युजस्ता त्यागी नेता ? सत्ता र सडक कव्जा गर्दैमा राष्ट्र बन्दैन, चुनाव जितेर दुई तिहाई मतको संसदीय आधार इलाका खडा गरेर पनि राष्ट्र बन्दैन । राष्ट्र निर्माण गर्न राष्ट्रिय एकता चाहिने रहेछ । कम्युनिष्ट शक्ति त एकता भाँडने र जनजिविकाका नाममा जाति उफार्ने तत्वमा सिमित छ ।
जे कुरा पनि भारतबाट नक्कल गर्ने नेपालीले तीनकुरा भारतबाट सिक्नसक्थे । पहिलो, महात्मा गान्धीले भारतलाई स्वतन्त्र गराए, स्वतन्त्रतापछि सिंगै भारतमा उनले के गर्न सक्दैन थिए । तर गान्धी सत्तामा गएनन्, नाङ्गै जीवन बिताउने निर्णयमा पुगे । उनले जीवनको उद्देश्य नै जनतालाई जागरुक बनाउने, क्रियाशील बनाउँछु भन्ने भयो । राजनीतिमा उनले कहिले पनि हस्तक्षेप गरेनन् । दोस्रो पेरिसमा धोएको लुगा लगाएर लण्डनमा पढ्ने नेहरुले सत्ता सम्हालेपछि आफ्नो श्रीसम्पत्ति सबै राज्यलाई सुम्पिदिए । गान्धीको प्रेरणा र ज्ञान लिएर जीवनभर खादीको लुगा लगाए, भारतवासीलाई खादीमा गौरव गर्न सिकाए । त्यही भारतमा लालबहादुर शास्त्रीजस्ता नेताहरु पनि सत्तामा पुगे । लालबहादुर शास्त्रीको सादगी विश्वमै चर्चित रह्यो, शास्त्री र सादगीले भारत चिनायो । सम्झौता गर्न तासकन्द पुगेका शास्त्रीको सादगी देखेर ब्रेझनेभले आश्चर्य प्रकट गरेका थिए । तेस्रो, भारत त्यस्तो देश हो, जहाँ राष्ट्रियतालाई साह्रै महत्व दिइन्छ । हरेक कुरामा सधंै लडाई झगडा गरिरहने भारतीय पार्टीहरु जब भारतवादको सवाल आउँछ, भारतीय हितको बारेमा कुरा उठ्छ, उनीहरु एक भैहाल्छन् । मतभेद थाँती राख्छन् । यी तीन गुण नेपाली नेताहरुले कहिल्यै भारतबाट सिकेनन् । राष्ट्रिय स्वार्थमा एक हुन सिकेनन् ।
जनभावनाको कदरकै कुरा गर्ने हो भने जीवनभर जेलजीवन बिताएर मुक्त भएका नेल्सन मण्डेलालाई उनको आफ्नै पार्टीले पत्नी बिन्नी मण्डेलालाई परित्याग गर्न आदेश दियो । बिन्नीका कूविचार, कूचरित्रहरुकै कारण पार्टीले यो निर्णय गरेको होला भनेर मण्डेलाले पत्नी परित्याग गरिदिए । त्यो समय, मण्डेलाको जीवनमा कति कठोर समय थियो होला । तर, यस घटनापछि मण्डेलाको कद झन बढ्यो, ख्याति चम्क्यो । लोकप्रिय नेता मण्डेला लोकप्रियताको शिखरमै पुगे । मण्डेला सधैं  जनताको मनमा बस्न सफल भए । आज पनि मण्डेलाको फोटोमा आरती उतारिन्छ भ्रष्टाचारका पुतला । यस्ता हुन्छन् जननेता । राजनेता । हाम्रा नेता, नेता हुन् कि भ्रष्टाचारा पुतला ?
हाम्रा नेताहरु जो सत्तामा गए, तिनको सम्पत्ति विवरण कानुनविपरित देखियो, आफ्नो बचाउ आफैले गर्दै तिनले सबै सम्पत्ति श्रीमतीको दाइजो भनेर पन्छिए, कसैले छानबिन गरेनन् । जनताले प्रश्न उठाए, तिनले वास्ता गरेनन् । यस्ता भ्रष्ट अनुहार जनताको आँखामा बिझाउँदैनन् ?
लोकतन्त्र मान्छु मुखले भन्दैमा कोही लोकतान्त्रिक हुँदैन । लोकतन्त्रका मर्यादा पालना गर्नसक्नुपर्छ । लोकतन्त्रमा सम्मान आर्जन गर्न त्याग, बलिदान, निष्ठा र नीतिको कठोर लक्ष्मणरेखाभित्र बस्न सक्नुपर्छ । जनतालाई अन्तिम शक्ति व्यवहारमै मान्न सक्नुपर्छ । यसकारण हाम्रो राजनीतिभित्र लालबहादुर शास्त्री, गान्धी, मण्डेलाजस्ताको निष्ठाको खडेरी छ । निष्ठा नै छैन, नाङ्गाले देश नाङ्गो पार्नु कुन ठूलो कुरा भयो ।
सात दशक लामो इतिहास भएका पार्टीहरु, १४ वर्ष जेल परेका नेताहरु, क्षतिपूर्ति खोजिरहेका, खाइरहेका छन् । यस्तो कूसंस्कार कूप्रबृत्तिकै कारण बदनाम छन् नेताहरु । चुनावपछिको स्थानीय, प्रदेश, राष्ट्रियसभा र संघीय संसदमा समेत भ्रष्टाचार गर्दैनौं भन्ने संकल्प प्रस्ताव ल्याउनै सकेनन् । त्यसैले पनि प्रश्न उठेको हो, राजनीतिमा राष्ट्र निर्माण गर्ने, जनभावना बुझ्ने कुनै नेता छैनन् । राजनीति फोहोरको ढलजस्तो छ ।
आज राष्ट्रले दह्रो आधार खोजेको छ । त्यो आधार दिने इमान्दार नेताले हो । नेतामा इमान छैन । विदेशीहरु निर्देशन गर्ने र नेताहरु त्यही अनुरुपको भूमिका निभाउने गरिरहेका छन् । जनताको आकांक्षाअनुरुप नेताहरु चल्नुपथ्र्यो, त्यो हुनसकिरहेको छैन । मण्डेलाकोजस्तो धैर्यता, जियाउर रहमानको जस्तो देशभक्ति, गान्धीकोजस्तो राष्ट्रियता, नेहरुको जस्तो त्याग, लीक्वान यूको जस्तो प्रतिबध्दता, सनयात सेनको जस्तो राष्ट्रियभावधारा आजको नेपालको आवश्यकता हो, यी गुण देखिदैनन्, जता हेरे पनि अराजक भीडमात्र देखिन्छ । भीड दुर्घटनाको अर्को नाम हो ।
०४६ सालपछि प्रजातन्त्र र शिशु प्रजातन्त्रको झ्याली खूब पिटिन्थ्यो । अहिले लोकतन्त्र र संघीयताको झ्याली पिट्न थालिएको छ । १० वर्षमा नेपाल स्वर्ग बन्छ भन्न थालिएको छ । लोकतन्त्र चलाउने अनुशासित र स्वस्थ मनस्थितिमा कोही पनि छैनन् । पञ्चायतलाई कालरात्रि भनिन्थ्यो, अहिले हिन्दुवाद र राजावादलाई सत्तोसराप गरिदैछ । चुरो कुरो राष्ट्र हुनुप¥यो । यथार्थ बुझेर, यथार्थ धरातलमा उभिएर, राष्ट्रलाई सर्वोपरि मानेर जनादेशमा चल्ने हो भनेमात्र सवल राष्ट्रको निर्माण हुनसक्छ । मनमा बाह्रमुरी विभेद र निषेधको कालो बोकेर संघीय गणतन्त्र चलाउन खोज्नु भनेको सातघुम्तीबाट खुरमुरिन खोज्नु हो ।