Advertisement Banner
Advertisement Banner

२० आइतबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

Image

जयजयकारले हुँदैन अब आन्दोलन बन्नुपर्छ

शाश्वत शर्मा

२३ मंगलबार , आश्विन २०८०५ महिना अगाडि

जयजयकारले हुँदैन अब
    आन्दोलन बन्नुपर्छ

शनैःशनै नेपालगञ्जको धामिर्क विवाद मत्थर हुँदै गएको छ । धार्मिक सद्भाव खलबल्याउन खोज्नेहरूलाई भारतीय प्रहरीले सीमानाकामा पक्राउ गरेका समाचार पनि आएका छन् । अर्थात् केही महिनापछि भारतमा हुन गइरहेको आमनिर्वाचनमा त्यहाँको आरएसउस् र त्यसको शाखा भाजपालाई नेपालभित्र हिन्दु र मुसलमानवीच फाटो गराएर लाभ लिने षडयन्त्र बुझ्न सकिन्छ । नेपालको जनआन्दोलनताका भारतमा धर्मनिरपेक्षतावादी कांग्रेसआईको गठबन्धन सरकार थियो, नेपाललाई धर्मनिरपेक्षता घोषणा गराउन सके फाइदा हुनेथियो भन्ने दाउपेचमा नेपाल फस्यो, फसाइयो । भन्नलाई त नेपालग    ञ्ज, रौतहट, धरानतिर भएका धार्मिक सद्भाव बिथोल्ने कार्यमा  नेपालकै हिन्दुवादी र राजावादी संलग्न छन् भनेर संसदमा आरोपित गर्ने कार्य पनि भयो । तर यो फगत आराचेपका लागि आरोप सिद्ध भयो । एकाध ससाना विवाद बाहेक नेपालमा धार्मिक र जातीय द्वन्द्व भएन । यी विवाद पनि दक्षिण र पश्चिमा लगानीमा भएका हुन् । यद्यपि नेपालको शानित र सद्भाव बिथोलन राजतन्त्रवादीमाथि दोषारोपण गर्ने गरेका छन्द । झण्डै ९४ प्रतिशत ॐकार परिवारमा आवद्ध नेपाली समाज सद्भावमा बाँचेर आएका छन् । विदेशी नेपालमा अराजकता फैलाउन चाहन्छन्, त्यो चाहनामा ठूला दल र सत्ताधारी नै राजनीतिक लाभका लागि संलग्न हुँदै आएका छन् । परिवर्तनपछि हिन्दु र राजतन्त्रवादीमाथि बिभेद गर्दै आउने यिनै राजनीतिक दलहरू हुन् । नेपाल निर्मातामाथि अपमान गर्ने आङ्काजी शेर्पाहरूमाथि कुनै कारवाही नगर्ने यिनै हुन् । अति भएपछि एकाध हिन्दुले आक्रोश पोख्दा थुनछेक गर्ने काम पनि यिनै सत्ताधारी गरिरहेका छन् । संविधानका बर्खिलाप गाई गोरू काटेर भोज लगाउनलाई छुट दिने, संरक्षण गर्ने पनि यिनै हुन् ।
यथार्थमा बर्तमान सत्ताधारी हिन्दुधर्मप्रति बितृष्णा फैलाउने तत्व बनेका छन् । बुझ्न सकिन्छ, हिन्दु सद्भावराख्ने धर्म हो । यसकारण जातीय र धार्मिक आगो लगाउनेहरू सधैं असफल भएका छन्, नेपालगञ्जमा पनि असफल भए । धरान, रौतहट, सर्लाहीमा पनि ठूला दुर्घटना हुन पाएनन् । भन्नैपर्छ, नेपाली मुसलामान पनि सहिष्णु छन् । अन्य जाति पनि सहिष्णु नै रहेका छन् । तर कहिले कहिले दक्षिण, पश्चिमा र राजनीतिक अधर्मीहरू द्वन्द्व चर्काउने प्रयास गरिरहन्छन् । यसरी सद्भावको कडी राजसंस्था रहदै आएको छ । अहिले पनि यस्तो डढेलो सल्कियो भने निभाउने राजसंस्थामात्र हो । कुनै दलप्रति राष्ट्रिय विश्वास कायम रहेको अवस्था छैन ।
सत्ताधारीले अथवा विदेशीले जतिसुकै विद्वेष फैलाउन खोजे पनि राजसंस्था हुँदा विकसित मौलो सद्भावले सधैं काम गर्ने निश्चित छ । कसैले तोडेर तोडिने नेपाली सद्भाव र एकता होइन यो । नेपालको शान्ति, सद्भाव, समभाव र प्रगति चाहने हो भने अभिभावकीय दायित्व अब खोज्नैपर्छ, स्थापित गर्नैपर्छ । स्वार्थका लागि विदेशतिर लागेर यस्ता अनेक अवाञ्छित कृयाकलाप गर्दै आएका छन् । कानुनव्यवस्था उल्लंंघन गरेर भ्रष्टाचार त गरे गरे, नेपाली नेपालीवीच झगडा गराउने भूमिका समेत खेले । यी सबै अव्यवस्थाबाट आजित भएका पूर्वराजा जनतासँग देश बचाउन हात जोड्दै, देवदेवालय हिडिरहेका छन् । यस्ता पूर्वराजालाई साथ दिने जिम्मेवारी प्रत्येक नेपाली हुँ भन्नेको हो । नेतृत्व जो स्वार्थका लागि विदेशी अभिष्टतिर लागेका छन्, यसबाट सकल धर्मावलम्बी मारमा पर्छन् पर्छन्, देश पनि बर्बाद हुँदैछ । देशभित्र भ्रष्टाचार गर्ने, विदेशीको हण्डी खाएर देशलाई समाप्त पार्न खोज्ने यी कथित गणतन्त्र, लोकतन्त्रवादी एबम् धर्मनिरपेक्षताको खोले ओढेका यी नैतिकहीन अराष्ट्रिय चरित्रहरूलाई सत्ताबाट बहिर्गमन मात्र होइन, दण्डित समेत गर्नुपर्नेछ । मुलुक समाप्त पार्ने यी कुतत्वहरूलाई दण्डित गर्नु प्रत्येक नेपालको कर्तव्य हुनजान्छ कि अब राजालाई देख्यो कि राजा आउ देश बचाउ भनेर जयजयकार गर्नेमात्र होइन कि सडकमा उत्रेर आन्दोलनको सुरूआत गर्नुपर्छ । पूर्वराजा जनताका साथ र सहयोग, सल्लाहका लागि सडकमा उत्रिसके, जनता पनि ज्वालामुखीका रूपमा विद्रोही बनेर उत्रनुप¥यो । मौसमी आन्दोलनले केही हुनेवाला छैन, आन्दोलनको निरन्तरता माटोले खोजेको छ तवमात्र परिवर्तन सम्भव होला । जो राष्ट्रवादी छन्, नेपालवादी छन्, तिनहरू स्वतन्त्र, पार्टीमा अथवा जता छन्, एकताबद्ध हुनआउनुप¥यो । निदाएको बहाना गरेर बस्ने होइन, जुरूक्कै उठ्नुप¥यो । यिनको मिसन फेरि पनि चुनाव जित्ने र देशलाई हरिकङ्गाल बनाउने हो । बचेको नेपाल सिध्याउने यिनको मिसन छ ।