Advertisement Banner
Advertisement Banner

२० आइतबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

Image

यही हो मुलुकको आवश्यकता

शाश्वत शर्मा

२२ बुधबार , कार्तिक २०८०४ महिना अगाडि

यही हो मुलुकको आवश्यकता

गत शुक्रवार मध्यराति रूकुम, जाजरकोटतिर बिनासकारी भूकम्पले धक्का दियो । सयौं नागरिकको मृत्यु भयो, सयौंको अंगभङ्ग भयो, हजारौं घरवारविहीन हुनपुगे । यो विपदमा एकजुट हुनैपर्छ । नेताहरू त्यो भेगमा हेलिकोप्टर दौडाह लगाइरहेका छन् । राहत दिने, पु¥याउनु भन्दा प्रचार बढी भइरहेको छ । देशभित्र र बाहिरबाट समेत शोक, समवेदन र राहतको घोषणा भइरहेको छ । प्राकृतिक प्रकोप वा कोरोनाजस्ता महामारी सत्तासीनका लागि दशैं आउने गरेको बिगत छ । राहतका लागि आएका सामग्री र नगदमा समेत भ्रष्टाचार हुने गरेको छ । पीडितहरू भोकभोकै, उपचार नपाएर, खुला आकाशमुनी सुत्न बाध्य हुनेगरेका छन्, राजनीतिक र प्रशासनिक पहुँच पुगेकाहरू पीडितले पाउनुपर्ने राहत लुटिरहेका हुन्छन् । यसपाली पनि त्यस्तो नहोला भन्न सकिन्न । बिभेद पनि हुनसक्छ, त्यस्तो हुनु नहुने हो ।
बिगतमा आइपरेका विपतमा नाम चलेका नेताहरूले नै भ्रष्टाचार गरेका थिए । यो पटक त्यसो गर्न नपान् भनेर चनाखो हुनुपर्ने छ । तत्कालका लागि जिल्लातिर पुग्छन्, गोहीको आँसु झार्छन्, त्यसपछि राजधानी आएर नाफानोक्सानको हिसावकिताव गर्न थाल्छन् । पीडितले न न्याय पाउँछन्, न राहत । ०७२ सालको महाभूकम्पमा जे देखियो, त्यो सम्झदा पनि लज्जावोध हुन्छ । के गर्ने नेताहरूलाई लज्जा हुँदैन । केही दिन समाजसेवाको भाव देखाउँछन्, अनि आफ्नालाई राहत बाँड्छन् । एकथरि भन्छन् अहिले आर्थिक मन्दीका कारण स्वदेशभित्रैबाट त्यति ठूलो राहत नआउला, विदेशीले राहत पठाउने छन् । उपलब्ध राहतमा पारदर्शिता नहुँदा तर मार्ने पहुँचवालाहरूले नै हो । प्रष्ट छ, केहीका लागि दशैंपछि तिहार रमाइलो हुनेछ ।
संसद अधिवेशन टुंगिएको छ, भूकम्प गयो । जवाफदेहीताको प्रश्न पनि उठ्ने छैन । बिकृतिका विषयमा आवाज उठ्नेछैन, उठे पनि सुनवाई हुनेछैन । यस्तै चरीत्रहीनताले हो बहुदल कालरात्रि बनेको, लोकतन्त्र पनि अफाप सिद्ध भइसक्यो । यो लोकतन्त्रमा त बोल्न त पाइएको छ भन्ने अवस्थामात्र छ । जनताले यही सब बुझेर भोगेर हो यो व्यवस्था नै फाल्नुपर्छ भनेर सडक विद्रोहमा सहभागी भएको । राष्ट्रियताको संघर्ष पर्वका लागि रोकिएको छ, भूकम्पका कारण मंसिर ७ पछि पनि यही हालत हुने आशकंका गर्न सकिन्छ । जबसम्म लोभीपापीका हातमा सत्ता र शक्ति अनि राष्ट्रको ढुकुटी रहन्छ, तवसम्म यहाँ जनताले पीडामात्र पाउनेछन् । थिए वीर गोर्खालीलगायतका अनेक संगठनहरू थिए, ती कता छन् ? बत्ती बालेर खोजे पनि भेटाउन सकिनेछैन । यो भूकम्पपछि पनि ठूला नेताका मान्छेले पटक पटक राहत पाउनेछन्, आमनागरिकले आँसुको धारा पिएर बाँच्नु र मर्नुपर्नेछ ।
किनभने देशमा अभिभावक छैनन्, यसकारण विभेद भइरहेको छ । पार्टीका नेताहरू पार्टी इतरकालाई मान्छे नै देख्दैनन् । यो शासनमा बाँच्ने र लुट्ने भनेको कार्यकर्ताले हो । तीमात्र बाँच्छन् । यसकारण शक्तिसहितको राजसंस्थाको आवश्यकता परेको हो । राजाले देख्ने देश र जनतामात्र हो, समानता हो । अहिले त पाटीृका नेता सत्ता चलाउँछन्, राष्ट्रपति हुन्छन् । पार्टी निकटेहरू व्यभिचार गरी गरी संवैधानिक पदमा पुग्छन्, जेमन्त गर्छन्, तिनलाई पार्टी संरक्षण दिन्छ । यही सब कारणले गर्दा अब जनताले उभार देखाउनु पर्छ, विद्रोह गर्नुपर्छ । जनतामारा, देशघातक नेताहरूलाई घोक्रेठ्याक लगाउन सक्नुपर्छ । सहनु भनेको मर्नु हो, सकिनु हो । सकिने भए तमासा हेरौं, बाँच्ने भए जागृत होऔं । ०४५ सालको भूकम्पमा राजा आफै राहत र उद्धारमा खटिएका थिए । जनताको पीडा आफ्नै पीडा सम्झेर खटिएका थिए । युवाराज आफै चन्दा उठाउन खटिएका थिए । युवराज आफै हेलिकोप्टरमा राहत सामग्री बोकेर बिरामीलाई उपचार गराउन खटिएको सम्झना गरौं त । त्यसरी बिगत न वर्तमान, खटिने नेतृत्व एउटा पनि छैनन् । सबै स्वार्थका लागि खटिन्छन् । राजसंस्था अभिभावकीय संस्था थियो, नहुँदा धेरै दुःख पाइयो । यो आवश्यकता परिपूर्ति गर्ने जनताले हो । जनताको जागरण र विद्रोहले हो । जनता उठ्नुपर्ने बेला आयो ।
अहिले हिमानी ट्रष्ट छ, सक्दो सामाजिक कार्य गर्दै आएको छ । यसपटक पनि गर्नेनै छ । पहिले सरकारले हिमानी ट्रष्टलाई सामाजिक कार्य गर्न रोक लगाएको थियो, यसपटक रोक नलगाओस् । जनता पीडामा छन्, दुःखमा छन्, भोकभोकै र रोगप्यास, बासविहीन छन् । जसले जे जति सक्छ, राहत पु¥याउने बेला हो यो, राजनीति गर्ने समय होइन । लोकतन्त्र भ्रष्टाचारतन्त्र बनिसकेको छ । नेपालीलाई राष्ट्रविहीन शरणार्थी बनाएरसमेत निकासी गर्ने तन्त्र हो यो । यस्तो तन्त्रका नाइकेहरूले देश र जनताका लागि असल कार्य असल नियतले गर्छन् भनेर विश्वास गर्न सकिन्न । बहुदलको ३५ वर्ष, लोकतन्त्रको १७ वर्षको अनुभवले जनतालाई थाहा भइसकेको हुनुपर्छ, मुलुकमा को के चाहिन्छ ? त्यो भोगाइ परिवर्तनमुखी बनाऔं ।