Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

धन्यवाद अमेरिका

२८ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

नेपालको तैयारी पोसाक लगायतका उत्पादनलाई भन्सार छुटसहितको सुविधा दिन अमेरिकी सांसदहरुले सहमति गरेका छन्। भूकम्पको पीडा, त्यसमाथि आन्दोलन र भारतीय नाकावन्दीको विपत्तिबाट नेपालमा मानवीय संकट उत्पन्न हुनलागेकोले राहतस्वरुप अमेरिकाले नेपाललाई भन्सार छुट सुविधा दिन लागेको हो।धन्यवाद अमेरिका। यस सुविधाका लागि अमेरिकी राजदूत एलाइना टेप्लिजले समेत विशेष भूमिका खेलेकी थिइन्। नेपाललाई आफ्नाै आँखाले हेर्ने नीति लिएको खुलासा गर्ने महामहिम राजदूत टेप्लिजले सिधै अमेरिकाको नेपाल नीति परिवर्तनको छनक दिएकी  aथिइन्। भन्सार छुट सुविधाबाट त्यो प्रमाणित भएको छ। अमेरिकी सांसदहरुले नेपालको पुननिर्माणमा समेत यो छुट सुविधाले सहुलियत हुने विश्वास गरेका छन्। अमेरिकाले नेपाली तैयारी पोषाकलाई छुट रोक्का गरेपछि सुस्ताएको यो पेशा फेरि उठ्न सक्नेछ। र, कार्पेटलगायतका पेशाले पनि अवसर पाउनेछ। यही मौका हो, तैयारी पोसाक, कार्पेट उत्पादनलाई जिरोबाट माथि उठाउने र नेपालको अर्थतन्त्रलाई मजबुत पार्ने। यो अवसरलाई बढीभन्दा बढी सुविधा दिएर सरकारले उत्पादनमुखी बनाउन जरुरी छ। नाकावन्दीबाट जरजर बनेको नेपालको अर्थतन्त्र तङि्ग्रन सक्ने अवसर हो यो। अहिलेदेखि नै सरल उद्योग र वैंकनीतिको परिमार्जनको गृहकार्य थालिहाल्न जरुरी छ।.