Advertisement Banner
Advertisement Banner

२० आइतबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

Image

राजनीति कस्तो, टाउको बिनाको मुकट्टाजस्तो

राजन कार्की

०५ मंगलबार , मंसिर २०८०३ महिना अगाडि

राजनीति कस्तो, टाउको बिनाको मुकट्टाजस्तो

पद्धति फेरियो, नेता फेरिए, अब त देशले काँचुली फेर्ने भयो, विद्यमान विभेद हट्ने भयो, समानतार न्यायपूर्ण समाज भोग्न पाइने भयो भनेर जुन खुशी थियो, ०४६ सालपछि म¥यो, ०६३ सालको जनआन्दोलनको सफलतापछि पनि म¥यो  । यतिबेला जनता निराश छन्, आक्रोसित छन्, पीडावोध गरिरहेका छन् ।
तैपनि नेतृत्व पंक्ति अझै जनतालाई भ्रम छर्न सकिन्छ, भ्रमित पारेर आफ्नोरजगज कायमराख्न सकिन्छ भनेर अझै नैतिकहीन ओह्रालोयात्रा गरिरहेका छन् । कस्तो राजनीतिक नेतृत्व हो यो, जसले ०४६ सालपछिपछिको ३५ वर्ष, ०६३ पछिको १७ वर्षलाई नैतिकहीन रूपमा बिताए । जनताका अपेक्षा हिजो पनि काँचै थिए, आज पनि काँचै छन् । जनता मानौं मतदानका पात्रमात्र हुन् ।
सधैं जनताले राजनीतिर नेतालाई बोक्नुपर्ने, बदलामा जनताकै शोषणमात्र हुने, यस्तो गैह्रजिम्मेवार राजनीतिकै कारण देश धरापमा पर्दै गएको छ । जुनसुकैबेला देश असफल हुने खतरा बढेको छ । तैपनि राजनीतिले ििजम्मेवारी बहन गर्न, बोध गर्न सकेन ।
जनताले कांग्रेस भने, जनताले माओवादी भने, जनताले एमाले भने, तिनले असफलता देखाएपछि चेक एण्ड ब्यालेन्स मिलाउन जनतलो केही नयाँ अनुहार, नयाँ पार्टीलाई पनि मौका दिए, तथापि जनताले पाएनन्, केही पाएनन् । आज पनि जनताका लागि परिवर्तन कौवालाई बेलपाके सरह नै छ ।
जुन आकर्षण ठूला पार्टीर अग्ला नेतामा थियो, त्यो आकर्षण आज छैन । तीप्रति जनताको घृणाभाव बढेको छ । घृणाभाव खपेर नेतृत्व भगवानरूपी जनताको शोषण र दोहन गरिरहेको छ ।
रूख, हँसियाहथौडा अथवा सूर्यको तेज निस्तेज भइसक्यो । राजनीतिक रूपमा  अन्यौल बाक्लिएको छ । चाँदीको घेरा देखिदैनन्, मृत्युका डरलादा छायाँ देखिन थालेका छन् ।राजनीतिमा कली बसेछ । राजनीतिमा सयौं जिब्रा छन्, टाउका छैनन् । अरूले हल्लाए हल्लिने, अरूले नचलाए नचल्ने ठिमीले किसानले खेतबारीमा गाडेको बुख्याँचाजस्तो । राजनीति सिंहदरवार, पार्टी कार्यालयहरूतिर टाउको बिनाको मुर्कट्टाजस्तो छ । टाउको नभएपछि विवेक हुँदैन । सत्ता सुन्दरी किचकन्याजस्ती लाग्छ । सत्ता सग्लो तर लोकनीतिका पाइला उल्टो । सारै मनमोहक सुन्दरी, तर उल्टो खुट्टा भएकी ईषालु र विषालु । सातो लिने, सातो खानेर डरलाग्दो रूपले तर्साइरहने । स्वर्ग हिंडेको नर्क पुगिने, यो कस्तो अपराधिक सत्ता हो ?
राजनीति पिचासजस्तो देखिन्छ । धोका खाएका प्रेमिका, अनाहकमा मारिएका छोरी बुहारी, जबरजस्ती मारिएका व्यक्तिहरू, अस्वभाविक मृत्यु भएकाको भड्किएको आत्मा कतै ठाउँ नपाएपछि वायु बन्छन् र परिवारलाई पिराइ रहन्छन् । यसकारण नेपालको राजनीतिमा प्राण कम पिचासका पीर बढी छन् । प्राकृतिक प्रकोपले पिराउनु बुझ्न सकिन्छ, पिचासले पिराउनु बुझ्न सकिन्न । १९०३ को कोतपर्वमा मारिएका पिचास २००७ सालमा उतार्न खोजियो, त्यसपछि निरन्तर अस्वभाविक हत्याकाण्डहरू भइरहेका छन्र २०५२ पछि अनाहकमा मारिएकाको काँचो वायुको प्रकोप नै चल्यो । अहिले नेतार अनेक प्रकोपले मान्छे चपाइरहेछ । मान्छेले मान्छे चपाउने यो पद्धतिप्रति जनताको भरोसा उठिसकेको छ । हो, पार्टी कार्यकर्ताको जयजयकार बाँकी छ । जुन दिन तिनको विवेकको आँखा खुल्छ, त्यो दिन पार्टीर झण्डामात्र बाँकी रहने पक्का छ ।
राजनीति चुडैलजस्तो पनि छ । समाजमा कथन छ– विश्वासघात भएर हत्या भएका, आत्महत्या गर्न बाध्य भएकाहरू चुडैल बन्छन् । तिनका अतृप्त आत्माले बेला बेलामा चीत्कार गर्छन् र चीत्कार सुनिन्छ । कतिपय परिणामहरूमा चुडैल आत्माहरूको छटपटी देखिन्छ पनि । आगोको खली खाएर वायु उतार्ने चलन छ समाजमा । नेपाली राजनीतिमा आगोमाथि वायु उतार्ने साइत जुरेको छैन, सक्ने गम खाइरहेछन्, भद्रो हरेर टोलाइरहेछन् । बिद्रोह सुरू होलाजस्तो छ ।
आधुनिक विज्ञान यस्ता कुरालाई भ्रम मान्छ, अन्धविश्वास मान्छ, तथापि विज्ञान नै भन्छ– वेदर साङ्ख्यदर्शनका कारण आविष्कारहरू सम्भव भएका हुन् । आधुनिकताका प्रणेताहरू स्वस्थानीमा पिएचडी उपाधि दिन्छन्, हिन्दुधर्म ग्रन्थलाई पाठ्यक्रममा राख्छन्र अध्यापन गराइरहेका छन् । यहाँसम्म कि अष्ट्रिया, जर्मनमा त भूत पिचास, तन्त्रमन्त्र र बोक्सी विद्यासमेतलाई कानुनी मान्यता छ । नेपाल त त्यसै पनि तन्त्रमन्त्रको देश, मन्दिरै मन्दिरको देशमा हरेक मन्दिरका गर्भगृहदेखि टुँडालसम्म तन्त्र नै तन्त्र व्याप्त छ । पशुपतिनाथको नित्यपूजासमेत मन्त्रबाट हुन्छ । विदेशीहरू नेपालका तन्त्रमन्त्र विद्याबारे अनुसन्धान गरिरहेका छन् । कोभिड १९ को प्रकोपले थिलथिलो पारेको अमेरिकामा राष्ट्रपति निवासमा हिन्दुशास्त्रका मन्त्रहरू पढियो, पूजाआजा, होम र गायत्री मन्त्र जप धेरै ठाउँमा भइरहेको देखिन्छ । अर्थात् पञ्चइन्द्रियभन्दा माथि अदृश्य शक्ति छ । अविश्वासभित्र विश्वास छ । हामी पूर्वीय दर्शनभित्रको रहस्य गुमाउँदै त छैनौं ?
अहिलेलाई सवाल नेपालको वर्तमान र भविष्यको हो । राजनीतिले किन दिगो शान्तिर अग्रगामी समृद्धिको कोर्स लिन सकेन ? असफल राष्ट्रमा हुने लक्ष्यणहरू बढ्दै गएका छन् ? नेपाललाई लागेको महारोग हो– चरित्रहीनता, गैरजिम्मेवारी र भ्रष्टाचार । नेपालको शासन र प्रशासनमा भ्रष्टाचारर अनियमितताको बाढी र पहिरो रोकिने छाँट देखिदैन । कारण–राजनीतिमा इमान जमान भएन । भ्रष्टाचारको भ्रूण बढ्यो । समाजशास्त्रीहरू भन्न थालेका छन्– 
०४६ सालपछि जो जो सत्तामा पुगे, आनन्दलेरजगजमात्र गरे । कोही देशघातक त कोही जनघातक बनेर बदनाम भए । राजनेता बन्ने इच्छाशक्ति र राष्ट्रनीतिका लागि त्याग गर्नसक्ने आँट कसैमा पनि देखिएन । विधिमाथि टेकेर मनपर्दी शासन लोकतन्त्रको परिचय भयो । ल्हासा हिंडेको कुतीको बाटो समातेपछि देश भताभुङ्ग छ ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हे, दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकोव जुमा, बाङ्लादेशकी पूर्व प्र.म. वेगम खालिदा जिया, मलेसियाका पूर्व प्रधानमन्त्री नजीबरजाक, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ, ब्राजिलका दुई पूर्वराष्ट्रपति दिल्मा रूसेफर लुई इनासियो लुला द सिल्भा, भारत बिहारका राष्ट्रिय नेता लालु यादब भ्रष्टाचारमा सजाय कालकोठरीको सजाय भोग्न बाध्य भए । प्रजातन्त्रर समाजवादमा राजनीति सेवा हो, नेपालमा व्यापार बन्यो ।
यसकारण नेपालमा भ्रष्टाचार मौलायो । भ्रष्टाचार फैलियो । नेपालमा भ्रष्टाचारीलाई कारवाही हुने दिन कहिले आउला ? हरेक जनताको जिज्ञासा यही छ ।
नेपाली कांग्रेस छ, शक्तिको दुरूपयोग गर्दा काँचो क्वाँटी कपाकप खानाले पेट बिग्रिएर झाडापखाला भोगिरहेको छ । एमाले, माओवादी केन्द्र, अन्य पार्टीहरू दूधमा पानी मिसाएको सेतोमात्र हुन् । स्वार्थमा मन मिलाउँछन्, पद्धतिमा स्वार्थमात्र हेर्छन् ।राजनीति मुनाफा बन्यो ।
जनताको माँगअनुसार लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा जारी भयो । यो नक्साजारी हुँदा भुइँचालो दिल्लीमा गयो । दिल्लीले सुरक्षा सल्लाहकार, पूर्वसचिव, नेपालविज्ञहरू पठाएर नेपालको सरकारै फेर्ने प्रयास पनि ग¥यो । दिल्लीमा सेल्फ आइसोलेसनमा बसेको भनिएका सुरक्षा सल्लाहकार अजित डोभल, चीन गए, नेपाल पनि आए । उनीसँगै रअका प्रमुख सामन्त गोयलर आइवीका प्रमुख अरविन्दकुमारले समेत काठमाडौंमा हप्तौं अड्डा जमाए । तिनले नेता, वर्तमान र पूर्व प्रधानमन्त्री भेटेर भारतपक्षीय वातावरण बनाउन प्रयास गरे । नेपाल ठूलै हलचलका साथ छचल्कियो । स्वाभिमान बचाउन नेपाली नेतृत्वको ढाडमा हाड देखिएन ।
भारत नेपाल चीनतिर ढल्केको आरोपमात्र लगाइरहेको छैन, प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग सल्केर नेपाललाई चीनको हिल्ला लगाएकोजस्तो अतिशयोक्तिपूर्ण कुप्रचार पनि गरिरहेकै छ । यसबाट पनि थाहा हुन्छ– भारत नेपाललाई ठेगान लगाउने मोर्चाबन्दीमा छ । यही कारण भारतबाट धम्की आइरहेको छ– तिब्बत, पाकिस्तानजस्तो बन्ने कि भारतसँगकोे विशेष सम्बन्धमा बस्ने ? हिजोआज शक्तिशालीका सैनिक सक्रियता बढेको छ । नेपाल कहिले कुनतिर, कहिले कतातिर ढल्किएको छ । नेपालले आफ्नो अडान र नीति बिर्सेको छ । नेपालले नक्सा जारी गरेपछि भारतसँग विवाद बढ्यो । एमसिसी पास नहुँदा अमेरिका रिसाएको छ, चीन खुलेर सुरक्षा सरोकार देखाइरहेको छ । नेपाली पार्टीहरूलाई बसमा पार्ने चलखेल बढेको छ । कोरोनाको महासङ्कट, बाढीपहिरोको प्रलय, स्कूलकलेज बन्द, नागरिक हातमुख जोर्न नसकेर मरणासन्न, जीवनजगत् सबै चौपट भएका बेलामा भारत, चीन, अमेरिकाको नेपाली आत्मसम्मान ताछ्ने जुँगाको लडाइ उत्कर्षमा छ । यही लडाइमा नेताहरूको खेतालापन, ज्यालादारी, कमाउधन्दा चम्केको छ । खेताला भनेको राजाको काम कहिले जाला घाम न हो । यसरी देश बन्दैन, बच्दैन । सत्तासुखको तीन त्रिलोक चौधभुवन देखिरहेकाले होला, जो बलियो उही मेरो पोइ ठान्ने नेपाली नेताहरू किन बुझ्दैनन्– कात्रोमा खल्ती हुँदैन भनेर ।
राजनीतिभित्र दौरा न सौराको खल्ती देखेका बुझकीहरूले नेताप्रति यसरी व्यङ्ग वाण हानेका छन्– धुन्दुलीजस्ती श्रीमतीर धुन्धुकारीजस्तो छोरो नभएकै जाति । अर्थात नेता धुन्धुकारी बने ।
नेपाली राजनीति कसैको कसैमाथि विश्वास छैन, विश्वासको सङ्कटमा बढेको छ ।राजनीतिले आश्वस्त पार्न नसकेर सामाजिक मनोदशामा धाँजा फाटेको छ । राजनीतिमा सिद्धान्त, नीति, निष्ठार लक्ष्य हुनुपर्ने हो– कता जिली, कता गाँठी भइरहेको छ ।
हिजोको मगन्ते मुलुकहरू आत्मनिर्भरतापूर्ण अवस्थामा पुगिसके । नेपाल विदेशी प्रभाव, अनियमितताको दुर्भाव र आत्मनिर्भरताको अभावमा मरिरहेको छ । सरकार युवायुवती निकासी गरेर रेमिटान्समा लोकतन्त्र फल्छ फुल्छ भनिरहेको छ । चलाइरहेको छ ।
नेपाल, १८ जेठो मुलुकहरूमध्येको स्वाधीन मुलुक हो । यहाँ सत्तार सम्पत्तिका लागि सधैँ महाजाल, महाभारत, महासङ्ग्राम चलिरहन्छ । नेपालका सन्दर्भमा राजनीति सुख्खा बगर हो । महानायक राजनीतिमा गर्भाधान त हुन्छ, जन्मिन्छ पनि र जन्मनासाथ पतनमार्गी बन्छ । यसकारण नेपालीराजनीति पाकेको घाउबाट निस्केको पीप पोखरी मात्र हो । भ्रष्टाचारी दुनियाँ हो ।
आपूmलाई राजनीतिको बादशाह सम्झनेहरू वास्तवमा घोडा हुन् । राजनीतिक मैदानमा घोडाहरू खुब हिनहिनाएर बहादुरी प्रदर्शन गर्छन् तर यी घोडाहरूलाई विदेशीले चड्छन् । पहिले पहिले अरवी घोडाको खुब महत्व थियो । जबदेखि उत्तर, दक्षिण र पश्चिमाको आर्थिकर सामरिक प्रभावमा प्रतिस्पर्धा बढ्यो, उनीहरू सामरिक महत्वको केन्द्रभूमिका नेपाली घोडा चढ्न उत्साहित छन् । हाम्रो नेतृत्व घोडा बनिरहेछ ।
पहिले उखान थियो काशी काश्मिर अजब नेपाल । नेपालमा अजब राजनीति चलिरहेछ । खुब भनेका थिए कुनै विद्वान्ले– नेपालमा राजनीति गर्न बुद्धि, विवेकर नैतिकता चाहिंदैन । मै जान्ने, मै ठूलो, म नैराज्य हुँ भन्ने अहंराखे पुग्छ । शासित भनेका चाकर हुन्, चाकरलाई जति निचोरे पनि हुन्छ भन्ने बाहुबली बन्नुपर्छ । लोकतन्त्रको भाषण गरेर पद्धतिका मर्यादा जतिसक्यो उति बलात्कार गर्ने हो । सरकार परिवर्तन अँध्यारा कोठाबाट हुन्छ । संविधानको कुरा गर्ने, काम असंवैधानिकर अराजनीतिक तबरले भइरहन्छ । यत्ति गरे नेता भइन्छ । अर्थात् अनियमिततार असामाजिकतामा सुधार आउने भएन । तेरा बाजेले खुट्टै टेक्न दिदैन अनि कसरी पछार्नु ? भन्ने उखानजस्तो भयो हामीले बाचेको देशमा विकृति । यस्तो बिकृतिको कुम्लो बोकेर हामी नेपालीले स्वर्गानुभूति नभए पनि अलिकति सुखानुभूति पाउने कहिले ? लोकतन्त्र सपनाजस्तो पो भयो ।