Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

विश्वप्रसिद्ध कलाकार गोयाको ‘द न्याकेड माजा’

०५ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

विश्वप्रसिद्ध कलाकार गोयाको
‘द न्याकेड माजा’

रमेश खनाल, कलाकार एवं कला समीक्षक - - - - 
–    कसैले खास खुस गर्दै भने — यो पूर्ण निर्वस्त्र चित्र छ । यसले हाम्रो खिल्ली उडाएको छ । हाम्रो बदनाम गरेको छ । यो चित्र बनाउने कलाकार माथी कारवाही हुनुपर्छ ।
–    कसैले ठूला ठूला आँखा पार्दै भने – भेलास्की (विश्वप्रसिद्ध कलाकार) ले त भेनसलाई धार्मिक आख्यानमा आधार बनाएर सुन्दरम निरवस्त्र चित्र बनाएका थिए । तर फ्रान्सिस्को दे गोयाले त देवता होइन हाम्रै समाजकी महिलालाई कामुक रूपमा प्रस्तुत गरे । वास्तवमा उनले विद्रोह गरेका हुन् । उनले हिजोको सम्पूर्ण नियमलाई तोड्ने प्रयास गरेका छन् ।
–    कसैले झोक्किदैं भने — यि त आल्वाकी रानी जस्तै छिन् । यिनको श्रीमान् पोहोर मात्र मरेका थिए । यि दुवै श्रीमान्, श्रीमतीले कलाकार फ्रान्सिस्को दे गोयालाई संरक्षकत्व प्रदान गरेका थिए । औधी मन पराएका थिए । आफ्नो श्रीमान्को मृत्यु पश्चात कलाकार गोयार आल्वाकी रानीका बीच झन् घनिष्टता बढ्यो । भन्नेले भन्थे, उनीहरू एक आपसमा प्रेम गर्दथे । एक पटक उनीहरू सानल्यूकर प्रान्तमा छुट्टी बिताउन गएका थिए । त्यसै बखत आल्वाकी रानीले निरवस्त्र मोडल बसेर गोयाले बनाएका चित्र हो यो भनिन्छ । 
–    कसैले अचम्म मान्दै भने – त्यसो हो भने यो चित्रले राजघरानाको बदनाम गरेको छ । यसलाई हटाउन ठाउँमा कुरा पु¥याउनु पर्छ ।
यो कुरो ई.स. १७०० को हो । त्यस बखत गोगा ५० वर्षका थिए । अनि आल्वाकीरानी ३४ वर्षकी विधवा थिइएन । गोयाले रानीका थुप्रै रेखाचित्रहरू बनाएका छन् । ती सबै निर्वस्त्र, कामुक नै छैन । अल्वाकी रानीको निरवस्त्र चित्रले स्पेशमा ठूलो हलचल नै मच्चियो । धेरैले ‘अबराजा चतुर्थ चाल्स परिवारबाट गोयालाई या त मृत्युदण्ड हुन्छ या आजीवन कारावास हुन्छ भनि अड्कल काटे । तर गोयालाई कसैले पनि केही गरेनन् । मात्र सामान्य स्पष्टीकरण सोधिएको थियो । गोयाको ख्याति झन बढ्यो । कुलिन वर्गहरूले उनलाई बोलाएर व्यक्तिचित्र बनाउन अनुरोध गर्न थाले ।
उनीरोमान्सवादी चित्रकार मात्रै होइन यथार्थवादी चित्रकार पनि हुन । उनका कतिपय चित्रहरूमा अभिव्यञ्जना, अतियथार्थवाद एवं प्रभाववादका छनकहरू यथेष्ट पाइन्छन् । आधुनिक कलाको विकास हुनु भन्दा झण्डै सय वर्ष अगाडि नै गोयाले कलाका विभिन्न वादहरूलाई प्रयोग गरेका देखिन्छन् ।
फ्रान्सिस्को दे गोया इ.स. १७४६ मार्च ३० तारिखका दिन स्पेनको फ्वेन्डेटोडोस भन्ने गाउँमा जन्मिएका थिए । १४ वर्षको उमेरमा उनी सारागोसा गए । त्यहाँ उनको भेट सारागोसाका चर्चित कलाकार जोसे लूजानसँग भयो । कलाकार जोसे लूजान, नग्न–धार्मिक चित्र बनाउन विशेष चाखराख्दथे । सोही ठाउँमा गोयाले अर्का कलाकार फ्रान्सिस्को बाथ्यूलाई पनि भेटे । अनि बाथ्यूसँग मेडरिड गए । मेडरिडमा बाथ्यूको स्टुडियो थियो । सोही स्टूडियोमा बसेर गोयाले चित्र बनाउन थाले गोयालाई टिपोलोर एन्टोन ¥याफेल मेन्ङ्ग जस्ता दरवारिया कलाकारहरूको ठूलो प्रभाव परेका थियो । गोयाले व्यक्तिचित्र, व्यङ्ग चित्र, इचिगं, कमिसन वर्क, मानवताका अँध्यारोपक्ष, स्पेनीस युद्धचित्र, काल्पनीक चित्र, त्रासद चित्र, सांस्कृतिक–पर्व चित्रहरू बनाएर निर्भिकताको ज्वलन्त उदाहरण प्रस्तुत गरेर उनी विश्वप्रसिद्ध कलाकार भए । पछि बिरामी परेर बैरो पनि भए । जीवनका धेरै उतार चढावसँगै राजदरवारका कलाकार बने । अनि इ.सं. १८२८, १६ अप्रिलका दीन बयासी वर्षको उमेरमा उनी दिवंगत भए ।
गोयाले बनाएको ‘अल्वा कीरानी’ द न्याकेड माजा नामक चित्रमा स्त्रीजन्य कोमल शरिरलाई सफल चित्रण गरेका छन् । कामुक मुहार बनाएकी रानीका दुवै हात टाउको पछाडीराखिएका छन् । कुमसम्म छरिएका कपाल, देव्रे पट्टि कर्के हेराई, सर्वाङ्ग निरवस्त्र शरिर छ । यस चित्रमा प्रकाश र छायाको तालमेल बेजोडसँग मिलाइएको छ । खैरो कालोरंग पृष्ठभूमिमा लेपन गरिएको छ । रानीको शरिरलाई ४५ डिग्रीमा मोडलीकृत गरेर केन्द्रिकृत गरिएको छ । शरिरको कोमलतालाई कलाकार गोयाले बढो सुन्दर ढंगबाट रंग सादृश्य गरेरर उत्कृष्टताको परिचय दिएका छन् । कला पारखीहरूको सत्प्रतिशत ध्यान खिच्न सफल हुने गरी “द न्याकेड माजा” नामक चित्र गोयाले बनाएका छन् । गोयाको उक्त चित्र सुन्दरताको अनुपम नमूना मानिदैं आएको छ । हाल सो चित्र मेडरीडको प्रादो (विश्वप्रसिद्ध कला संग्रालय) मा राखिएको छ । वर्षेनी लाखौं मानिसहरू प्रादो पुगेर गोयाको चित्र हेरेर धन्य हुन्छन् । जसले गोयाको यो चित्रकला हेरेका छन्, तिनको मुखबाट निस्कने गरेको छ– ओहो । गोयाले “द न्याकेड माजा” बनाए जस्तै ‘द क्लोथेड माजा” अर्थात सवस्त्र माजा पनि त्यतिकै उत्कृष्ट चित्र बनाएका छन् । हाल सो चित्र पनि प्रादोमा नै संकलन गरिएको छ । गोयाले यस चित्रलाई इ.स. १८००–१८८५ का बीच बनाएका हुन् । यो चित्र ३७ १÷४–७४” को छ । एउटा कलाकार कोमलतालाई कलामा उतारेर विश्वप्रसिद्ध बनेका कलाकार हुन् गोया । गोयाको जति प्रशंसा गरे पनि कलाकारहरू थाक्दैनन् ।

The Naked Maja is a 1958 Italian-American co-production made by S.G.C., Titanus, and United Artists.[2][3] This historical film recounting of the romance between the painter Francisco Goya and the Duchess of Alba was directed by Henry Koster, and produced by Silvio Clementelli and Goffredo Lombardo. The screenplay was by Norman Corwin, Giorgio Prosperi and Albert Lewin based on a story by Oscar Saul and Talbot Jennings. The music score was by Angelo Lavagnino and the cinematography by Giuseppe Rotunno.
The film stars Ava Gardner and Anthony Franciosa with Amedeo Nazzari, Gino Cervi, Lea Padovani, Massimo Serato, and a largely Italian cast. It is based on a novel by Noel Gerson.