Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मेरो प्रश्न

०५ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

मेरो प्रश्न

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - - 
   देशको यस्तो दुर्दशा बनाउने को हो ? राजा वा राजसंस्था ! नेताहरू वा अहिलेको ब्यवस्था ? जवाफ देउ ?
    हिन्दी फिल्मको भन्दा खराब दृश्यले भरिएका छन् हाम्रा सरकार र संसद । नेताजीहरू हो, यस्तै अवस्था रहिरह्यो भने भोलि भोलि मुश्किल छ है !
   स्पष्ट देखिन्छ– नेपालको सत्ता देशद्रोहीर चीन विरोधी शक्तिको नियन्त्रणमा जाँदैछ । चीनले उचित ध्यान दिएन भने हामी निरन्तर अस्थिरतामा जाकिनेछौं । नेताजीहरू समृद्धिका काम छैनन्, विदेशी ऋण ल्याउँदै आसेपासेलाई पोस्दैछौं । लोकतन्त्र यही हो ?
   नेताहरू हो, तिमी साँच्चै देशभक्त हौर सुशासन कायम गर्न चाहन्छौं भने जनता भड्काउने अनि अस्थिरता उत्पन्न गराउने काम कसका लागि गरेको ?
   निरकुंशता र लोकतन्त्रबीचको फरक देखाउँदा स्वतन्त्रता र मानवअधिकारको कुरा गर्थ्यौ । टिकटक बन्दले त्यही पुष्टि गर्न खोज्दैछौं ?!
  सरकार तिमीले बन्द गरेको टिकटक चलिरहेकै छ त ! खोई बन्द भएको ?
आँफ्नै निर्णय पूर्णरूपमा कार्यान्वयन गर्ने सामर्थ्य समेत देखिएन । यस्तो लुते पाराले कतिदिन चल्छ ? सत्य के हो भने–  नेपाल अझ अस्थिर र द्वन्द्वग्रस्त हुनसक्छ । तर, यसको अस्तित्व रहिरहनेछ । चीनर भारत रहेसम्म नेपालको अस्तित्व कसैले चाहेर मेटिदैंन ।