Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र पुनस्र्थापित होला ?

१९ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

राजतन्त्र पुनस्र्थापित होला ?

सुरेश कुमार पाण्डें– - - - -
२०४६ को जनान्दोलन पछि कैयौं राजनीतिक दलहरूले अब राजतन्त्र कहिल्यै फर्किन सक्तैन भनेर जन्मजात क्रान्तिकारी ठानेकाहरू पनि बोलेका थिए ।
पछि राजाले आफ्नो गुमेको राजतन्त्र फर्काउंन धेरै समय लगाएनन् । २०६३ को जनआन्दोलन र २०६५ को संविधानसभाले राजतन्त्रलाई पन्छाइदियो ।
त्यो छुट्टै कुरा हो बैधानिक थियो कि थिएन भन्ने ?
त्यो तामझामको साथ राजतन्त्रलाई फालेर आएको गणतन्त्रलाई नेपाली जनताले अहिले फेरीपनि मुर्दावाद भन्न थालेका छन् । यद्यापी दलका नेताहरूले राजतन्त्र फर्किनै नसक्ने बताउँदै आएका छन् । मुखले नभनेपनि वास्तबमा प्रतिगमनको खतरा अहिलेपनि उनिहरूलाई श्याल हुइया नै लागेको होला ।
नेतृत्व पंक्तिलेबिर्सेका छन्– जनता अन्तिम निर्णायक हुन् ।
कतिपय नेताहरूले बेलाबेलामा आफ्नो स्वर बदल्दै राजतन्त्र देशमा ल्याउंनुपर्छ पनि भन्दै आएको देखिन्छ । नेताहरूका जनविरोधी, देश विरोधी कृयाकलापबाट बाट दुखी हुनपुगेका जनताहरू समेतले राजतन्त्र जिन्दावाद ! भन्दैछन । 
नेपाली जनताले २०४७ को संविधान अनुसारको राजनीतिक व्यवस्था ल्याउँछौ भनेका छन भने दलका शीर्ष नेताहरू राजतन्त्र कदापि नफर्किने दाबी गर्दैछन्  । भ्रष्ट दलका नेताहरूको नेपाली जनताले निदहराम पारिसकेका छन् भन्ने कुरा नेताहरूको अत्तालिएको स्वभावले पनि पुष्टि गर्दै आएको छ ।
चुनावमा कुनै राजनीति दललाई सम्पष्ट बहुमत नमिल्नु र स्वतन्त्र उमिदवारहरूले राजनीतिक पार्टीका उमेदवारलाई धेरै मतान्तरले हराउंनु र वर्तमान समयमा आमनागरिक सडकमा बिरोधमा उत्रनु यस्को एउटा उधारण हो ।
राजनीतिक पार्टीहरूबाट जनताको विश्वास उठिसकेको छ । यस्तो अबस्थामा देशभित्र अर्को परिवर्तनको बाताबरण तैयार हुंदैगएको पुष्टी हुन्छ । अहिले गिरिजाको शेरेमोनियल किङ वा बेवी किङको माग जस्तै वैधानिक राजतन्त्रको सडकमा वकालत हुँदै आएको देखिन्छ । त्यो मात्र होइन अहिले राजा आउ देश जोगाउ जस्ता नाराहरू राजधानीमा गुञ्जेको देखिन्छ । त्यो राजावादी आन्दोलन गाउँमा प्रवेश भयो भने सम्विधानिक रूपबाटनै राजतन्त्रको पुनर्वहाली हुनसक्छ ।
अहिले राजनीतिक दलहरूलाई नीतिगत रूपमा मुल्याङ्कन गर्दा के हुन्छ ठ्याक्कै छुट्याउन गारो छ । सबैजसो दलहरू एउटै बारीका मुला बन्न पुगेकाछन् । कस्ले के नाम राख्यो भन्नुभन्दा पनि कस्को व्यबहार देश र जनताप्रति उत्तरदाई छ भनेर जोख्दा केही साना दल बाहेक अरू सरोबरी देखिन्छन् ।
संघीयताको मामिलामा राजमोको र नेपाल कम्युनिष्ट प्रार्टी मसालको प्रष्ट नीति रहेको छ । त्यस्तो अरू कसैको नीति रहेको छैन भन्न सकिन्छ । कसैले संघीयता फालेर हीन्दु धर्मलाई पुनर्जिवित गर्ने भन्दैछन् । त्यो नारा राजावादी वा राप्रपाहरूले लगाउंदै आएका छन् । धर्म निर्पक्षता र गणतन्त्रको जोगेर्ना गर्दै संघीयतालाई खारेज गर्ने राजमो र नेकपा मसालको अडान हो । हिन्दुराष्ट्रको नारा पनि लाग्दैछ । बिस्तारै संघीयताको बिरूद्धमा जनताको आन्दोलन चर्किने सम्भावना छ । दलहरूको पनि संघीयताको बिरूद्धको आन्दोलन मिलन केन्द्र हुंने सम्भावना देखिन्छ ।
अहिले एमाओवादीका अधक्ष तथा देशका प्रधानमन्त्री पुष्पकमल दहालले मात्र संघीयतालाई जोगाउंने ठेक्का लिएको उनको व्यबहारले बताएको छ ।
उनको यही हठले देशलाई कङ्गाल बनाउँदै लगेको देखिन्छ । संघीयता देशले थेग्न नसकेको धेरै पहिले नै पुष्टि भैसकेको थियो । तर पनि सरकारको जवरजस्ती संघीयता जोगाउने व्यबहारले देशको आर्थिक अबस्था डामाडोल हुंदैछ ।
कसैले भित्रभित्रै कसैले खुलेर संघीयताको बिरोध गरेको बुझिन्छ तर उनिहरूको बिचमा एउटा समस्या के छ भने मन्त्री पद वा सभासद खुस्किने डरले भए पनि खुलेर संघीयताको बिरोध गर्न सकेका छैनन् । प्रदेश स्तरीय संभासद बन्न पाइन्छ कि भनेर पनि स्वार्थले संघीयता बिरूद्धको आन्दोलनले सार्थकता पाउन सकेको छैन् । देशको यही अबस्था रहिरहने हो भने राजतन्त्र फर्किन सक्छ । देशमा जनताले धेरै राजाहरू भन्दा बरू एउटै राजा भएको ठिक भन्न थालेका छन् ।
द्वन्द्व चर्किदै गयो भने विदेशीले देशको सार्वभौम सत्ता आफ्नो हातमा लिन नसक्ला भन्न गारैछ । देशको राजनैतिक खिचलोबाट बिदेशीले फाइदा लिंदैआएको सत्य हो । अहिले पनि लगाम बिदेशी शक्तिकै हातमा केन्द्रित छ ।
पश्चिमा र छिमेकी देशहरू जस्ले उनीहरूको स्वार्थ पुरागर्छ उसैलाई समर्थन गर्नेछन् । देश सधैभरी उनीहरूको मण्डि र जनतालाई गुलाम बनाई राख्ने उनिहरूको योजना नै हो । देशको अबस्था र राजनीतिक पार्टीहरूको व्यबहारले राजतन्त्र फर्किन्छ कि फर्किदैन भन्ने मुद्दालाई उठाउँदै लगेको छ ।
बिबाद चुलिदैछ । तनातनिमा देशभित्रका सन्तान लडेभने बाहिरका दुश्मन शक्तिहरूलाई नै फाइदा हुनेछ । कसरी अघि बढ्ने, बिधिको शासन कसरी स्थापित गर्ने भन्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बहस हुन जरूरी देखिन्छ ।
दुर्गा प्रसाई अथवा साना ठूला नयाँ पार्टी र नयाँ नेतालाई जन्माएको स्थापित नेतृत्व र नेताहरूको गलत कामकारवाहीले हो । सडक तातेको र जनताको समर्थन बढ्दै गएको पनि नेतृत्वको जनताप्रति गैह्रजिम्मेवारीले नै हो । यस्तो आन्दोलनकारीहरूमा जति रोक लगाए पनि उनीहरूलाई जन्माएको यही व्यबस्थाले भएकाले व्यवस्थाका सञ्चालकहरू सच्चिनुको बिकल्प छैन । उनीहरूलाई राज्य दमन गरेर आन्दोलन झन झाँगिदै जाने सम्भावना देखिन्छ ।
सरकारले देशमा युवाहरूलाई रोजगारको व्यबस्था गर्ने र जनउत्तरदायी सरकारमा जोडदिने प्रयत्न गर्नुपर्छ । भागबण्डे राजनीतिको अन्त्य र बिधिको शासनको स्थापित हुनैपर्छ । बुभ्mनुपर्ने सत्य के हो भने गणतन्त्र कमजोर भयो भने राजतन्त्र फर्किनसक्छ । राजतन्त्र फर्काउने वा गणतन्त्र व्यबस्थित गर्ने त्यसबारे राजनीतिक दलहरूको व्यबहारमा निर्भर हुनेछ । अहिलेजस्तो व्यवहारले गणतन्त्र संस्थागत हुनसक्दैन । यस्तो देश र जनविरोधी चरित्रको गणतन्त्र बलियो हुनसक्दैन ।
गणतन्त्र संस्थागत गर्ने भए संघीयताको खारेजी र सहमतिको राजनीति अनिवार्य छ । भ्रष्टाचार र नैतिकहीन नेतृत्वको चरित्रले लोकतन्त्र लूटतन्त्रमात्र हुनेछ ।