Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

टोपी प्रतिवन्ध किन ?

बैकुण्ठ भण्डारी

१९ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

टोपी प्रतिवन्ध किन ?

दौरासुरूवाल र टोपीलाई प्रतिवन्ध ! किन ?
यही पोसाकले यो पद्धति ढाल्ने भयो भनेर हो त ?
तिहारमा बैनीले लगाईदिएको ढाकाको टोपी ल्याई दे त ! उहाँ साइलाकी छोरीको लगन जुराउने रे बोलाका छन् । ढिला भैसक्यो । तर के गर्नु सरकारले देखिसके पो ?
जानु पर्दैन के उहाँसम्म । आज गाडी साडी चल्दैन भन्या थाछैन । छोरो चिच्यायो । 
अँ तैले भने जस्तो हुन्छ नि । गाडी चले पनि नचले पनि निम्तोमा बोलाएपछि जानु पर्दैन ? एकाघरभित्रको मान्छे काँ ! कुरा गर्छ । जसरी पनि जाने हो । त्यही पर त हो हिडेरै भएपनि गै हाल्छु नि । बरू तँ चाहिँ घर मै बस अल्लारे केटाहरू देख्यो भने पुलिसले समाउँन सक्छ । 
अँ ऽ अँ ऽ अल्लारे केटाहरू मात्र हुन्छन् नि फोड्ने । कुरा गर्नु हुन्छ । अहिले त उहाँ जोगी भोगी सवै सडकाँ देख्नु भएन अस्ति उता पूर्वतिर । पहेँला फेटा बाँधेका उफ्रेका ! एउटीले भन्थै थि नि एक मिनेटमै कुन ठाउँ खरानी हुन्छ भनेर, सुन्नुभएन ?
हुन्छ नि खरानी ! धुप बालेको हो र एकै छिनमा खरानी हुन । यस्तैले हो आफू पनि खरानी बन्ने अरूलाई पनि खरानी बनाउने । ताल न तुईको कुरा बोल्या छन् बस्या छन । नपाउँने के पायो वोक्रै सम्म चपायो भन्या जस्तो । ल भैगो छाड्दे, टोपी ल्याईदे । 
हातले टोपी शिरमा लगाउँछ, ल म हिँडे । छोरो भन्छ– म वाइकमा पु¥याईदिन्छु । 
पदैैन पर्दैन गाडी नचल्ने भएपछि किन वाईकमा हिड्नु परो । दौरा सुरूवाल ढाका टोपीमा चिटिक्क सजिएर उनी निस्कन्छन् । 
खरानी रङ्गको लवेदा (दौरा) सुरूवाल, पाल्पाली ढाका टोपी लगाएर लमक लमक लम्कदा त लाग्थ्यो कुनै सरकारी उच्च ओहोदाका व्यक्ति हुन् हरिलठ्ठक बाजे । 
कोटेश्वरबाट उत्तर लागेका हरिलठ्ठक बाजे बाटाभारी पुलिस देखेर मनमनै भन्दै छन् । कस्ता दिन पनि आए । ऋण खाएर तिर्दिन भन्न नि पाईने । ऊ बेला भए ऋण खाएर नतिर्नेले त अनुहार देखाउन पनि लजाउँथे । तर अहिले के को ? 
मनमनै भुतभुताउँदै हिँडेका हरिलठ्ठक बाजेलाई मुनि गणेश पुग्नासाथ दुईदर्जन पुलिसले घेरा हालिहाले । पुसिल पनि मुस्कुराउँदै हरिलठ्ठक बाजे पनि मुस्कुराउँदै । हैन क्यारेका हौं । किन घेरा हालेका छौं । बुढा यता पुसिललाई सोध्दै छन्, उता क्यामरा तेर्साएर पत्रकार हरिलठ्ठक बाजेलाई सोध्दै छन् । कहाँ जान लाग्नु भाको ? 
जान त साईलाकी छोरीको लगन जुराउन जान लागेको । तर खै कहाँ हिड् भन्छन् यिनीहरू । दुईचार पत्रकारहरू वरिपरि छन् प्रहरीले हरिलठ्ठकको हातमा समाई हाले । ए जाने जाने भन्या होइन । पुलिसले बाजेलाई अठ्याई हाल्यो । बाजेलाई के छाड्थ्यो ?
होइन हउ कता लान लाग्या छौ । म यता जाने होइन हउ उता जाने हो । पुर्वेली लवजमा हरिलठ्ठक बाजे कराउँछन् । हो हो उतै जाने हो । बुढा र पुलिसको हाँसो सहितको दृश्यले पत्रकार नै दङ्ग पर्छन् । दुई मिनेट जति बाजे के हिँडेका थिए । छ सात जना पुलिसले पक्रेर भ्यानमा छिराई हाले । कठै ।
किन पुलिसले समात्यो किन भ्यानमा कोच्यो पत्तै छैन उनलाई ।
बाजे घरबाट निस्कँदा छोरालाई अल्लारे भनेर सम्झाउँदै थिए । बुढालाई बाटोमा पुलिसले नै अल्लारे भन्दा बढी बनाईदियो । बाजे कराउँछन, होइन होउ छाड्देउ न उता विहेको कुरा पो छ त ? किन समात्यो मलाई पनि त्यही ऋण नदिर्ने भन्ठानेउ की क्या हो ? बाजेको कुरा पुसिलले के सुन्थे ? 
बाजेको दाहिने हात समातिरहेको एउटा पुलिसले प्वाक्क बोलि गो । आज दौरा सुरूवाल ढाका टोपी लगाएर यो बाटामा हिड्नेलाई समात्ने माथिको आदेश छ । 
यो आदेश भन्न जात पनि कस्तो । ढाका टोपी र दौरा सुरूवालदेखि पनि डराउनु पर्ने । यही नेपाली टोपीले विश्वको जुन कुनामा पुगेपनि पहिचान आपैm देखाईदिन्छ । तर नेपालाँ टोपी र दौरा लगाउनेलाई अपराधी झै समात्छन् ।
को कहाँ जान हिडेका छ, उसको व्यक्तित्व के हो मतलव नै नगरी झ्याप्प झ्याप समातेर पनि हुन्छ कतै । देशको पहिचानमाथि पहिचान विरोधीहरूले संघर्ष गरे जस्तै पो देखियो त । 
बुढा अक्क न वक्क परे । ‘कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भने जस्तै भो । बुढाले गल्तीबाट टिकटिके मोवाईल निकाल्छन् । यसो नम्वर दाव्न खोज्दा पुलिसले त्यो पनि कब्जा गरिदिन्छ । बुढाले जीवनमा पहिलो पटक पुलिसको संगत गर्न पाएका रहेछन्, आतंकित हुनपुगे ।
हुन पनि मंसिर महिना । विहेको लगनको महिना । यही मौकामा भएको आन्दोलनमा आउने सम्भावना भएका अधिकांश ढाका टोपीवाला त्यही भएर बल्खुको तिर हान्दा तीनकुनेसम्म त्यस्तो भो समस्या । सरकारले नै ढाका टोपी लाको देख्नै नहुने भएछ । दौरा सुरूवाल र ढाका टोपी लगाउनेलाई च्याप्पै समात्ने उर्दी जारी भएछ । त्यही उर्दीमा परे हरिलठ्ठक बाजे । खाई न पाई छालाको टोपी लाई भन्थे कुनै बेला त्यस्तै भो । ढाका टोपी , न त साईलाको छोरीको लगन । मेरो टोपी कैलासको शिर जस्तो भनेर गोपाल योञ्जनले गीत गाउने दिन गए ।  आजकलको  आन्दोलनले टोपी र दौरा सुरूवाल लाउनेहरूले क¥यापझ्याप पार्न थाल्यो यो लोकतन्त्र, गणतन्त्रले ।