Advertisement Banner
Advertisement Banner

२० आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

साहित्य

Image

जमिन हेरेर हाँगो समाउन सिके  
मन मुटु छामेर हक जमाउन सिके  
सहज अर्थपूर्ण जिवन जिउनलाई
जहा म छु जस्तो छु रमाउन सिके !

गंगा दाहाल

कसैलाई लाग्छ प्रजातन्त्र धरापमा छ
कसैलाई लाग्छ गणतन्त्र धरापमा छ
ए हजुर ! राजनीतिको चश्मा फ्याँकेर
हेर्नुहोस् हाम्रो राष्ट्र नेपाल धरापमा छ ।

              – कृष्णबहादुर थापा

नया आयाम बसन्तको आउदैछ हेर
प्रकृतिमा हरियाली छाउदैछ हेर
कोइलीले गला तिखार्दैछ मौका छोपी 
तिनले मधुर स्वरमा गाउदै छ हेर ।

        – गंगा लिगल

न त कसैले किलोमा सजाउँछ अब त
न त  कसैले  पर्वमा  बजाउँछ अब त 
खरी झरेको मादल जस्तै भो जिन्दगी
सुकीर्ति छ भन्न पनि लजाउँछ अब त ।

        – अरुण कुमार भुजेल

Image

प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

लीला दाहाल चितवन
Image

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?

usha kcdd
Image

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

    – विद्या भण्डारी

bhandariktm
Image

अत्याचारको परकाष्ठा रोकिएको छैन
कानूनमा लेखियो ब्यावहारमा तोकिएको छैन
दिनहु नाबालिकाका शरीर काटकुट पारेका छन्
यौनप्यास मेटाउनेलाई कोर्रा ठोकिएको छैन ।

देवी काफ्ले

मूल्यवान समय, शरीर व्यर्थकिया बदलते रिश्तेनातों में,
नही आना था, आ गया पागल चिकनी चुपडीÞ बातों मे,
चोट लग ही जाती हैं, प्रीत काँचकी दुनिया से लगाने में,
कचोटता है घाव फिर हरदम अन्दर काली घनी रातोंँ मे

           – इन्दु तोदी

दुई दिने जिन्दगीको आशा कहिल्य मार्ने छैन 
यो जीवनका गाढा सपना कुहिरोमा पार्ने छैन
आज नभएनी भोलि गर्नेछु अल्झेर सपनासँगै
संघर्षमा हिडिरहनु छ हिम्मत कहिल्य हार्ने छैन ।

        – अर्जुन अधिकारी

Image

सम्बन्धको गाँठो फुक्न सजिलो, कस्न गाह्रो हुँदोरैछ 
बानी नभए पछि अरूको चिल्लो, घस्न गाह्रो हुँदोरैछ 
उद्देश्य थियो बाँडीचुँडी खाएर मिलिजुली बसौं भन्ने,
बैगुनीहरूको नियतसँग मिलेर बस्न गाह्रो हुँदोरैछ ।

रवि श्रेष्ठ

वसन्तमा झैँ आनन्द शिशिरमा आउँदैन
चराचुरूङ्गीले पनि  सुमुधुर गीत गाउँदैन 
परिवर्तन प्रकृतिको अकाट्य नियम हो 
कसैले सधैँभरि एकैनासे रहन पाउँदैन ।

         – अरूण कुमार भुजेल

Advertisement Banner
Image

हृदयको बगैँचामा ढकमक्क फूलहरू फुलेसरि
भमराहरू खुशी खुशी फूलबारीमा झुलेसरि
कहिले लाग्छ यो जिन्दगी छरिएको बतास झैं
संसार हेर्ने रहर बोकी मनै मनले डुलेसरि ।

गीताश्री शर्मासिक्किम

जसलाई जति बिश्वास गरे पनि पाउने घातै रहेछ
जति आफ्नै ठानी साथ दिएनी छुट्टाउने बातै रहेछ
आफन्तको भेषमा आउने धुर्त स्याल छ जताततै
मजबुत सम्वन्धलाई धागो जस्तै छिनाउने नातै रहेछ

Image

सम्बन्धको गाँठो फुक्न सजिलो, कस्न गाह्रो हुँदोरैछ 
बानी नभए पछि अरूको चिल्लो, घस्न गाह्रो हुँदोरैछ 
उद्देश्य थियो बाँडीचुँडी खाएर मिलिजुली बसौं भन्ने,
बैगुनीहरूको नियतसँग मिलेर बस्न गाह्रो हुँदोरैछ ।

रवि श्रेष्ठ
Image

निष्कर्ष बिहिन सत्य तथ्य कुरो कहाँ छ
खोतल्दै गए भेटिन्छ पक्कै चुरो कहाँ छ 
कालो चस्मा, कोट ढल्काएर मात्र के गर्नु
बोली, ब्यबहारिकपनमा खै सूरो कहाँ छ ?

गंगा दाहाल
Image

पाइपमा भन्दैनौँ सिलिन्डरमा दिए पुग्छ

गाउँमा पुगोस् इन्धन सहरमा दिए पुग्छ ।

ठुलो आशा छैन जनताको सरकारसँग

डुईछाक टार्ने ग्याँस घरघरमा दिए पुग्छ ।

u vetkathmandu
Image

ठग लुटेराहरुकाे कुनै भर हुदैन भन्छन्

गतिछाडा हरुकाे कुनै थर हुदैन भन्छन्

स्वार्थका लागि अरुको घर ध्वस्त पार्ने हरुलाई

नियम कानुन कडा बनाएपनि डर हुदैन भन्छन् ।

bhandariktm
Image

बलवान हुन्छ समय आफैँ, पर्खन सक्नुपर्छ
नकारात्मक प्रभावबाट सधैँ तर्कन सक्नुपर्छ
मत्लबमा हात चाट्ने, पछि कुरा काट्ने चिनेर
दर्जा अनुसारको व्यवहार छर्कन सक्नुपर्छ । 

गीता श्री शर्मा
Image

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

गंगा दाहाल
Image

अम्मली हुँ  म राजनीतिको राजनीति गरिरहनुपर्दछ
कुर्सीको आडमा नै स्वार्थको गाग्रो भरिरहनुपर्दछ,
सामन्तीझैं जिउनका लागि ढुकुटी–फोर खेल खेली–
आसेपासेलाई पनि लाचार भै घाँस छरिरहनुपर्दछ ।

       – केशवराज आमोदी

केशवराज आमोदी
Showing 1 of 11 Pages