Advertisement Banner
Advertisement Banner

०८ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

साहित्य

तिम्रो छत्रछाया“मा ऐतिहासिक जनबिश्वास मौलाउनु पर्छ
तिम्रो गन्तव्यमा अनन्त अनन्त त्यो दूरदर्शिता छेडिनु पर्छ 
आस्थाको केन्द्रबिन्दु तिमी, तिम्रो त्यो बिशाल उचाईमा  
भारी जनबिश्वासको त्यो कीर्तिमानी झण्डा खोपिनु पर्छ ।

– गंगा दाहाल

सबैसँग मन खोलेर  कुरा बताउने नगर्नु
दुःख सुख जे जति छन् जताउने नगर्नु
हाँसो उडाउँने गर्छन् यहाँ सबै थोक जानेर,
मिठो बोल्यो भन्दैमा  छिटो पताउने नगर्नु ।

 

Image

घरमा पुज  मन्दिर जाउ उनै  शिवै शिव
मनमा राख  श्रद्धा  गर्दै  उनै  शिवै शिव
शिवत्वको मर्म बुझे त्यही नै ठुलो  पूजा 
जसले चिन्छ आफैलाई उनै शिवै  शिव ।

गुरुदत्त ज्ञवालीktm
Image

जो जस्तो छ बरै त्यसैमा  रमाउन देउ
चड्न खोज्दैछ कोहि हात समाउन देउ
के लानु छ र कहाँ नतान खुट्टा ण्कसैका 
कमाउछ भने उ इतिहास कमाउन देउ ।

गंगा दाहाल

 मैले निलो आकाश दिएकी थिएँ
जुनेली रातहरू दिएकी थिएँ
तर तिमीले कहिले बुझेनौं प्रिय
मेरा निस्वार्थ भावनाहरू दिएकी थिएँ ।

– टीका चापागाईं

Image

     अझ ह्वाङ्ङै हुँदै छन्
    अझ छ्याङ्ङै हुँदै छन्
    नचिन्ने बाँकी को होला ?
    अझ नाङ्गै हुँदै छन् !!

इन्द्रकुमार श्रेष्ठktm
Image

व्यथालाई कथा बनाउ लेख्न सक्नेछौ
हेर्ने नजर फरक बनाउ देख्न सक्नेछौ
निष्ठुरी हो थाहै थियो भन्नु के छ र तर
मायाको बाँध बाँधी हेर छेक्न सक्नेछौ ।

पुष्पा केसी भण्डारी
Image

नारीलाई कैदी बनाउँछ आफ्नै घरले सधैं 
इज्जतको जनाई दिन्छ आफ्नै थरले सधैं 
हरेक प्रहर हिंसा सहदै संघर्ष गर्छिन् नारीले
तड्पी तड्पी बाच्छिन इज्जतको डरले सधैं ।

usha kcdd
Image

एकमा एक जोडेर चार हुने भए
झूटो बोलेर जित्नेको हार हुने भए 
नक्कली प्रेम कसैले पनि गर्दैन थिए
माया नाप्ने तेस्तो कुनै औजार भएको भए ।

लक्ष्मी नेपाल
Image

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

bhandariktm

घरि हुरि आउँछ घरि पानी अ।उँछ
देखेका जिन्दगीका सफरहरू बगाउँछ
देख्नु पर्छ सपना पनि मुस्किलले यहाँ
देखेका सपनाले ओठमा हाँसो ल्याउँछ ।

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

इन्दु तोदी

Advertisement Banner
Image

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

गंगा दाहाल
Image

बलवान हुन्छ समय आफैँ, पर्खन सक्नुपर्छ
नकारात्मक प्रभावबाट सधैँ तर्कन सक्नुपर्छ
मत्लबमा हात चाट्ने, पछि कुरा काट्ने चिनेर
दर्जा अनुसारको व्यवहार छर्कन सक्नुपर्छ । 

गीताश्री शर्मासिक्किम
Image

धरातलमा भएर पनि सगरकै कुरा गरूँ झैँ लाग्छ
अहोरात्र सङ्घर्षरत बगरकै कुरा गरूँ झैँ लाग्छ
हरदिन हरपल कुरा काट्न तल्लीन झुण्ड देख्दा
सभ्य मानवहरू बस्ने नगरकै कुरा गरूँझैँ लाग्छ ।

लक्ष्मी मुडवरी पण्डित
Image

जान्दैमा खान, भरिन्न पेट खाएर हुन्छ सिद्ध

खाँदैमा मात्र हुँदैन फेरि, हेर न जुनी गिद्ध

अर्थका कुरा अर्थमै हुन्छन् भावका कुरा साह्रो

यही कुरा बुझ्न नसक्दा रुने बालक देखि बृद्ध

गुरुदत्त ज्ञवालीktm
Image

मनमा सुन्दर गाउँ बसाउँदै जाउँ
भट्किएकोलाई बाटो देखाउँदै जाउँ
दुखले भरेको जीवनलाई बोझ नठानी,
बचेको जीवन हास्दै हसाँउदै जाउँ ।

निता गुरूंगअसम
Image

गल्ती नदेखाई आफैं चोखिन खोज्नेलाई
अहँकारले चुलिएर पोखिन खोज्नेलाई,
कुन शब्दले सम्बोधन गर्ने ? खोज्नु छ मैले
तुलोमा आफैं बसी जोखिन खोज्नेलाई ।

गीता श्री शर्मा
Image

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

पुष्पा केसी भण्डारी
Image

फेसबुके ठुटेनेता वाद विवादमा दिन काट्छन्
उता ठूला नेताहरू भित्र भित्रै कुर्सी साट्छन्
के देलान् र के नै पाउँला भन्नेलाई गाह्रो हजुर 
पद पाउने आसले होला तिनकै तलुवा चाट्छन् ।

bhandariktm
Image

ज्ञान, भक्ति र सेवा गीताको निचोड  
सकिदैन उठ्न नलिए जीवनले मोड
मोह एउटा उल्झन हो बझ्नुपर्छ सबले 
गर्नुपर्छ श्रद्धा र प्रेमले अंहकारको फोड ।

लीला दाहाल चितवन
Showing 5 of 13 Pages