Advertisement Banner
Advertisement Banner

१८ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

साहित्य

Image

खुशी फुल्दैछन् मनका फाँटहरूमा अझै 
थपिदैछन् उर्जाज“घार तर्ने आ“टहरूमा अझै 
सुन्न त सुनेको थिए“ पार भए संकटका घडी 
खै के बिश्वास गर्नु मनोरोगी ढा“टहरूका अझै ।

गंगा दाहाल
Image

लोकतन्त्रमा राष्ट्पतिको सवारी जाम लाग्छ यहाँ
शिवरात्रीमा नांगा बाबाको राम लाग्छ यहाँ
अनुशाशित त छोरी छन् छोरालाई मनपरी छ
बलात्कारीलाई फूल बर्षाएर घाम लाग्छ यहाँ ।

देवी काफ्ले
Image

साच्चै सतहको सम्बन्ध हो भने भत्किन केही छिन लाग्छ

निष्टावान मान्छेलाई झुटा र वाइयात कुराहरू घीन लाग्छ

जब जीवन कयौं कठिन मोडहरू बाट गुज्रिरहेको बेला

हमेसा मुस्कुराइरहने सुन्दर फूल पनि त! भावहिन लाग्छ।

दुर्गा किरण तिवारी
Image

तिमी बिना एक पल बिताउन मुस्किल छ 
चाहेको त थिएँ टाढा हुन तर मुस्किल छ 
किन भयौ यसरी तिमीे मेरो नजिक यति
तिम्रो गल्तीमा रिसाउन अब मुस्किल छ ।

लीला दाहाल चितवन
Image

धन दौलत आफ्ना सारा, छोडी जानु पर्छ आखिर
आयु किन्न पाइने हैन, धनाड्य’नि मर्छ आखिर
जीवन मृत्यु सम्झौता हो, बेकार छन् सारा चिज,
मिति पुग्छ कालले टिप्छ, न टारेरै टर्छ आखिर ।

प्रेम कटुवाल
Image

अँध्यारोले धर्ती छोपेको जस्तै कसैको मन छ
सन्तानले खाइ नसक्ने थुप्रेको कसैको धन छ
दुनियाँको रूप र रङ सारै विचित्र देखियो कति
यहीँ बेरोजगारीको मार खपेको कसैको जन छ ।

अम्बिका अधिकारी
Image

छुप–छुपकर ञ्किसी पे वार मत करना
पराई चीजों पे अधिकार मत करना
कहनेको तो मीठे बोल के सब धनी होते हैं,
फिर भी तुम किसी पे ऐतबार मत करना ।

निता गुरूंगअसम
Image

न घर घर जस्तो लाग्छ
न सहर सहर जस्तो लाग्छ
हिजो हरियाली लाग्ने सबै ठाउँ
आमा तिमी बिना बगर जस्तो लाग्छ

विकाश कठेत समर्पणindia
Image

वारेन्टाइनमा सुरक्षा हुनुपर्ने असुरक्षित बनेछ
क्वारेन्टाइनमा अभिभावक हुनुपर्ने राक्षस बनेछ
जोकोहीको विश्वास भरोसा गर्न नसकिने भयो
क्वारेन्टाइन घरजस्तो हुनुपर्ने दुर्गन्धित बनेछ ।

राधेश्याम लेकालीकाठमाडौं
Image

मरेपछि मात्र याद रहन्न कुनै साथ
आँसु जति झरेपनि कहन्न कुनै बात
सिरानीमा पुछिएका नयनका धारा
बाढी आई सम्झनाको बहन्न कुनै रात ।

पौडेल रुपा
Image

गल्ती नदेखाई आफैं चोखिन खोज्नेलाई
अहँकारले चुलिएर पोखिन खोज्नेलाई,
कुन शब्दले सम्बोधन गर्ने ? खोज्नु छ मैले
तुलोमा आफैं बसी जोखिन खोज्नेलाई ।

गीताश्री शर्मासिक्किम
Image

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

पुष्पा केसी भण्डारी
Advertisement Banner
Image

दायाँ हेर्छु बायाँ हेर्छु अक्क न बक्क पर्छु
कोही कोही मानवहरू देखेर म छक्क पर्छु
यही धूपताप, सुशीतल जल अनि इन्द्रेनी छ
भन्दै यस्तै रहेछ जिन्दगी भनेर म मख्ख पर्छु

लक्ष्मी मुडवरी पण्डित
Image

सोच्दैनौं आफ्नु तिमीलाई सम्झेर रोएँ 
बोलेनन् तिम्रा बात नगर्ने तस्बिर छोएर रोएँ
गयौ टाढा फर्केर नहेरी नचिनेको झै गरी
मेटिएन माया कसैगरी आँसुले धोएर रोएँ ।

तारा आचार्य
Image

पहिलो भेटमै नजरको तीर मतिरै पस्कियौ
छुट्टिनेबेला प्रेमील अधर टोकेर मस्कियौ
अर्धांगिनी बन्ने ईशारा ग¥यौ मनै खुशीभयो
सपना देखाएर भोलिपल्टै खै किन खस्कियौ ?

देवी काफ्ले
Image

अहिलेसम्म नेताहरूले के चाहिँ राम्रो गरे
फुट्ने लुट्ने धुत्ने गर्दै आफ्नै भुँडी भरे
केन्द्र देखि प्रदेशसम्म सेटिङ मिलाएर,
जनतालाई आँखामा केवल धुलो छरे !

भण्डारीktm
Image

छन् चाहनाहरू तर१ सबै भित्रै दबाएर चल्नु पर्छ हजुर 
कयौं अवसरमा पनि आफ्नै कमजोरीले गल्नु पर्छ हजुर 
कसलाई हुँदैन र इच्छा, जीवन सुन्दर र सौहाद्र बनाउने 
तैपनि समय जसरी चल्छ त्यसरी सबै बदल्नु पर्छ हजुर।

दुर्गा किरण तिवारी
Image

ठान्यौ जीवन कति सस्तो बुझ्नै सकिएन
को सही यहाँ गल्ती कस्को बुझ्नै सकिएन
तिमीले बाटो मोड्दा मैले बोल्नै छोडिदिएँ
यो भ्रम हो वा प्रेमजस्तो बुझ्नै सकिएन । 

लक्ष्मी मादबारी पण्डित
Image

घरि हुरि आउँछ घरि पानी अ।उँछ
देखेका जिन्दगीका सफरहरू बगाउँछ
देख्नु पर्छ सपना पनि मुस्किलले यहाँ
देखेका सपनाले ओठमा हाँसो ल्याउँछ ।

dhunganadf
Image

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?

usha kcdd
Image

मेहन्दी, चुरा, टीका, पोते साउनमा मात्र लाईँदैन 
देखासिकी गरेर कहिले मठ मन्दिर तिर धाइँदैन,
व्रत, पाठ, पूजा र श्रद्धामा मन चोखो राख्छु हजुर 
थाहा छ अर्काको नक्कल गरेर केही पनि पाइँदैन 

गीताश्री शर्मासिक्किम
Showing 6 of 9 Pages