Advertisement Banner
Advertisement Banner

०८ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

साहित्य

घरि हुरि आउँछ घरि पानी अ।उँछ
देखेका जिन्दगीका सफरहरू बगाउँछ
देख्नु पर्छ सपना पनि मुस्किलले यहाँ
देखेका सपनाले ओठमा हाँसो ल्याउँछ ।

    – देवकी ढुंगाना

Image

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट त केही दिएकी होइन मैले फेरि पनि
ढोकाको स्वीचमा पनि ठटाएँ घण्टी बजेन ।

    – पौडेल बिमुन्स

b munsktm
Image

साहित्यको तिर्खा मेट्ने धारा बन्न मन छ
समस्त पाठकको लागी रारा बन्न मन छ
म तृप्त छु अब जिन्दगीमा केही चाहिँदैन
कोही अँध्यारोमा नलडुन् तारा बन्न मन छ ।

    – उषा के.सी.

usha kcdd
Image

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

    – पुष्पा केसी भण्डारी

पुष्पा केसी भण्डारी
Image

अहिले पनि ऊ बेलाको कहानी ताजै छ 
मायालु सँग गरेका मनोमानी ताजै छ 
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।        

      – लक्ष्मी नेपाल

लक्ष्मी नेपाल

यता समस्या पर्दा उता तालीसँगै गीत हुनेछ
त्यसैले अब टाढिनुमा पक्का मेरो हित हुनेछ
म विश्वासका साथ ठोकुवा गरी भन्न सक्छु
मलाई पछुतो भएको दिन तिम्रो जित हुनेछ ।

       – लक्ष्मी मुडवरी पण्डित

Image

मायाँको रापले मायालु चट्टान गल्नुपर्छ 
पानीमाथि पनि माया“को आगो बल्नुपर्छ 
त्यस्तो मायाँ पो मायाँ जुन मायाँ देखेर 
रोमियो र जुलियट पनि डाहले जल्नुपर्छ ।

गंगा दाहाल
Image

रिसराग  र वैमनस्य, सास रहुञ्जेल चलिरहन्छ 
मरेपछि पछुताउँदा,  व्यर्थै  यो  मन गलिरहन्छ,
दुवै हातको तालमेल हुँदा  मात्र ताली बज्छ हजुर
एकै  पट्टीसेकी हेरौं,  रोटी पनि त जलिरहन्छ ।

        – गीताश्री शर्मा

गीताश्री शर्मासिक्किम
Image

अम्मली हुँ  म राजनीतिको राजनीति गरिरहनुपर्दछ
कुर्सीको आडमा नै स्वार्थको गाग्रो भरिरहनुपर्दछ,
सामन्तीझैं जिउनका लागि ढुकुटी–फोर खेल खेली–
आसेपासेलाई पनि लाचार भै घाँस छरिरहनुपर्दछ ।

       – केशवराज आमोदी

केशवराज आमोदी
Image

भाग दौडको अनौठो अस्थिर रेस भयो
प्रतिशोधको बदला प्रतिशोध भेस भयो 
पिडा रून्छ भक्कानिदै सम्झेर अतित 
मियो बिनाको दाइ कठै मेरो देश भयो ।

      – गंगा दहाल

गंगा दाहाल
Image

धान, चामल, पिठो बग्यो, बग्यो खाने थाल पनि
बेहाल भयो जिन्दगी यो, नसोध्नु के छ हाल भनि
सम्पत्तिको मेरो नाउँमा, घर  थियो जेथो गाउँमा 
त्यही घर पनि बगिरह्यो,आँखै अघि छाल बनि!

       – प्रभा पोखरेल

प्रभा पोखरेल
Image

दिनमा हैन मात्रै प्रत्येक रातमा हुन्छु
डरलाग्दा राक्षसहरूको साथमा हुन्छु
यस्तो सपनीको फल के होला साथीहरू
हररात सपनीमा मसान घाटमा हुन्छु ।

             – लक्ष्मी नेपाल

लक्ष्मी नेपाल
Advertisement Banner
Image

किन रून्छे जुरेली चरी चल्ला हुर्के उडे रे  भुरूरू
रूखको डाली भाँचियो अब, छैन बास रूँदैछे धुरूरू
हाम्रो नि त्यस्तै हो चाल जुरेली चरीको सरह
बस्ने खाने ठेगानै छैन जाउँ कता दौडँदै गुरूरू

    – गुरूदत्त ज्ञवाली

गुरुदत्त ज्ञवालीktm
Image

कसरी जिउनु पर्छ समुद्रले बहेर सिकाउँदै छ
संयमता नै ठूलो हो भनी सहेर सिकाउँदै छ
बिलौना गर्दै हिँड्दा समस्याको हल हुँदैन भनेर
गन्तव्य भुल्नु हुन्न ! मौनतामै कहेर सिकाउँदै छ ।

     – गीताश्री शर्मा

गीताश्री शर्मासिक्किम
Image

रगतको नाता के भन्नुु करौंतीले रेटिन्छन्
आफन्तबाटै लुटिएका छोरीहरू भेटिन्छन्
आफ्नाहरू दुश्मन, न्याय, सुरक्षा छैन कतै
न्याय माग्ने फिरादहरू सरकारबाटै चेतिन्छन् ।

             – देवी काफ्ले

देवी काफ्ले
Image

ती बितेका हरेक रात याद आउँछ
तिमी सँग गरेको बात याद आउँछ
विरानोमा आफुलाई एक्लो पाउँदा,
तिमीले दिएको साथ याद आउँछ ।

    – नीता गुरूंग भाटिया

निता गुरूंगअसम
Image

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

    – पुष्पा केसी भण्डारी

पुष्पा केसी भण्डारी
Image

अहिले पनि ऊ बेलाको कहानी ताजै छ 
मायालु सँग गरेका मनोमानी ताजै छ 
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।        

      – लक्ष्मी नेपाल

लक्ष्मी नेपाल
Image

फेसबुके ठुटेनेता वाद विवादमा दिन काट्छन्
उता ठूला नेताहरू भित्र भित्रै कुर्सी साट्छन्
के देलान् र के नै पाउँला भन्नेलाई गाह्रो हजुर 
पद पाउने आसले होला तिनकै तलुवा चाट्छन् ।

    – विद्या भण्डारी

bhandariktm
Image

वेद कहाँ जन्म्यो, बाइबल, कुरान जन्मे कहाँ कहाँ

शङ्कर कहाँ जन्मे, बुद्ध, दुर्गा, राम जन्मे कहाँ कहाँ

संसारले मानेको छ आफ्नै, छैन भेदभाव दर्शनमा

सोँच वा धारणा मेरो भन्छौँ, विचार जन्मे कहाँ कहाँ

गुरुदत्त ज्ञवाली

गुरुदत्त ज्ञवालीktm
Image

रूखो व्यवहार टर्रो लाग्छ बडो चर्को लाग्छ
तितो बोली तुच्छ लाग्छ सार्है झर्को लाग्छ
आपसमा भावना र विचार मिल्न सकेन भने
जिन्दगी न घाटको लाग्छ न घरको लाग्छ ।

      – लक्ष्मी मुडवरी पण्डित

लक्ष्मी मुडवरी पण्डित
Showing 8 of 13 Pages