Advertisement Banner
Advertisement Banner

०८ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

साहित्य

Image

सोझो रूखहरू पहिला काटिन्छन् त म के गरू ?
औंकात नमिलेर नाता फाटिन्छन् त म के गरू ?
भन्छन् भन्न त गुणभन्दा धन ठूलो हैन संसारमा
तर पैसा हेरेर नै माया साटिन्छन् त म के गरू ?

    – बिकाश कठेत समर्पण

विकाश कठेत समर्पणindia
Image

पहिचान कथा बनेको हो, अचेल टुक्काले छोयो
चसक्क हृदयमा आज किन किन मुक्काले छोयो
विचार छिरलियो भने बटुल्न गाह्रो भन्छन् गुरूहरू 
बिना अम्मलको यो नशा चिलिम् र हुक्काले छोयो ।

    – गुरूदत्त ज्ञवाली

गुरुदत्त ज्ञवालीktm
Image

कोपिला :
उकाली लाग्छ
सर्वत्र खुसी हुँदै सहर सदन परिचर्चा भयो
समृद्धि चुलिँदै विकासको छाली लाग्छ

– सुरेशचन्द्र घिमिरे 

सुरेशचन्द्र घिमिरेktm
Image

कोपिला
शिक्षक पीडित भाका थियौं  
विद्यालय अनिच्छित काल बन्द गरेर 
आन्दोलनमा गाका थियौं ।

– तारा घिमिरे

तारा घिमिरेsankhu
Image

प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

    – लीला दाहाल अधिकारी

लीला दाहाल चितवन
Image

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

    – विद्या भण्डारी

bhandariktm

घरि हुरि आउँछ घरि पानी अ।उँछ
देखेका जिन्दगीका सफरहरू बगाउँछ
देख्नु पर्छ सपना पनि मुस्किलले यहाँ
देखेका सपनाले ओठमा हाँसो ल्याउँछ ।

    – देवकी ढुंगाना

Image

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट त केही दिएकी होइन मैले फेरि पनि
ढोकाको स्वीचमा पनि ठटाएँ घण्टी बजेन ।

    – पौडेल बिमुन्स

b munsktm
Image

साहित्यको तिर्खा मेट्ने धारा बन्न मन छ
समस्त पाठकको लागी रारा बन्न मन छ
म तृप्त छु अब जिन्दगीमा केही चाहिँदैन
कोही अँध्यारोमा नलडुन् तारा बन्न मन छ ।

    – उषा के.सी.

usha kcdd
Image

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

    – पुष्पा केसी भण्डारी

पुष्पा केसी भण्डारी
Image

अहिले पनि ऊ बेलाको कहानी ताजै छ 
मायालु सँग गरेका मनोमानी ताजै छ 
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।        

      – लक्ष्मी नेपाल

लक्ष्मी नेपाल

यता समस्या पर्दा उता तालीसँगै गीत हुनेछ
त्यसैले अब टाढिनुमा पक्का मेरो हित हुनेछ
म विश्वासका साथ ठोकुवा गरी भन्न सक्छु
मलाई पछुतो भएको दिन तिम्रो जित हुनेछ ।

       – लक्ष्मी मुडवरी पण्डित

Advertisement Banner
Image

मायाँको रापले मायालु चट्टान गल्नुपर्छ 
पानीमाथि पनि माया“को आगो बल्नुपर्छ 
त्यस्तो मायाँ पो मायाँ जुन मायाँ देखेर 
रोमियो र जुलियट पनि डाहले जल्नुपर्छ ।

गंगा दाहाल
Image

रिसराग  र वैमनस्य, सास रहुञ्जेल चलिरहन्छ 
मरेपछि पछुताउँदा,  व्यर्थै  यो  मन गलिरहन्छ,
दुवै हातको तालमेल हुँदा  मात्र ताली बज्छ हजुर
एकै  पट्टीसेकी हेरौं,  रोटी पनि त जलिरहन्छ ।

        – गीताश्री शर्मा

गीताश्री शर्मासिक्किम
Image

अम्मली हुँ  म राजनीतिको राजनीति गरिरहनुपर्दछ
कुर्सीको आडमा नै स्वार्थको गाग्रो भरिरहनुपर्दछ,
सामन्तीझैं जिउनका लागि ढुकुटी–फोर खेल खेली–
आसेपासेलाई पनि लाचार भै घाँस छरिरहनुपर्दछ ।

       – केशवराज आमोदी

केशवराज आमोदी
Image

भाग दौडको अनौठो अस्थिर रेस भयो
प्रतिशोधको बदला प्रतिशोध भेस भयो 
पिडा रून्छ भक्कानिदै सम्झेर अतित 
मियो बिनाको दाइ कठै मेरो देश भयो ।

      – गंगा दहाल

गंगा दाहाल
Image

धान, चामल, पिठो बग्यो, बग्यो खाने थाल पनि
बेहाल भयो जिन्दगी यो, नसोध्नु के छ हाल भनि
सम्पत्तिको मेरो नाउँमा, घर  थियो जेथो गाउँमा 
त्यही घर पनि बगिरह्यो,आँखै अघि छाल बनि!

       – प्रभा पोखरेल

प्रभा पोखरेल
Image

दिनमा हैन मात्रै प्रत्येक रातमा हुन्छु
डरलाग्दा राक्षसहरूको साथमा हुन्छु
यस्तो सपनीको फल के होला साथीहरू
हररात सपनीमा मसान घाटमा हुन्छु ।

             – लक्ष्मी नेपाल

लक्ष्मी नेपाल
Image

किन रून्छे जुरेली चरी चल्ला हुर्के उडे रे  भुरूरू
रूखको डाली भाँचियो अब, छैन बास रूँदैछे धुरूरू
हाम्रो नि त्यस्तै हो चाल जुरेली चरीको सरह
बस्ने खाने ठेगानै छैन जाउँ कता दौडँदै गुरूरू

    – गुरूदत्त ज्ञवाली

गुरुदत्त ज्ञवालीktm
Image

कसरी जिउनु पर्छ समुद्रले बहेर सिकाउँदै छ
संयमता नै ठूलो हो भनी सहेर सिकाउँदै छ
बिलौना गर्दै हिँड्दा समस्याको हल हुँदैन भनेर
गन्तव्य भुल्नु हुन्न ! मौनतामै कहेर सिकाउँदै छ ।

     – गीताश्री शर्मा

गीताश्री शर्मासिक्किम
Image

रगतको नाता के भन्नुु करौंतीले रेटिन्छन्
आफन्तबाटै लुटिएका छोरीहरू भेटिन्छन्
आफ्नाहरू दुश्मन, न्याय, सुरक्षा छैन कतै
न्याय माग्ने फिरादहरू सरकारबाटै चेतिन्छन् ।

             – देवी काफ्ले

देवी काफ्ले
Showing 8 of 13 Pages